सरकार निजी क्षेत्रको क्रियाशीलता र योगदान अझ बढोस् भन्ने चाहन्छ : प्रधानमन्त्री प्रचण्ड

news-details

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार निजी क्षेत्रको क्रियाशीलता र योगदान अझ बढोस् भन्ने चाहेको बताएका छन । राजधानीमा आयोजित नेपाल उद्योग वाणिज्य महासङ्घको ५७ औँ वार्षिक साधारणसभा समुद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन ।

प्रधानमन्त्रीले भने, ‘‘निजी क्षेत्र बलियो र सशक्त नभई मुलुक समृद्ध हुन सक्दैन र दिगो विकासको लक्ष्य प्राप्त गर्न पनि सकिँदैन । यो कुरामा सरकार स्पष्ट छ । के कस्तो सुधार गर्नु पर्छ त्यसका लागि सरकार तयार छ ।’’

उनले निजी क्षेत्रको समस्या राम्ररी बुझेको बताउदै आफूले सरकारको नेतृत्व सम्हालेको दिनदेखि नै सङ्कटउन्मुख अर्थतन्त्रलाई कसरी चाडै सहज अवस्थामा ल्याउन सकिन्छ भनेर छलफल गरिरहेको बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *