घट्यो हवाई भाडा, यस्तो छ नयाँ भाडादर
- चैत्र २१, २०७९
- 0
आन्तरिक उडानतर्फको हवाई भाडा घटेको छ।
नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १० रूपैयाँ घटाएपछि नागरिक उड्डयन प्राधिकरणले वायु सेवा कम्पनीहरूलाई हवाई भाडा दर घटाउन निर्देशन दिएको छ।
नयाँ भाडादर आगामी बुधबार (चैत २२) गतेदेखि लागू हुने भएको छ।
जसअनुसार सबभन्दा धेरै काठमाडौं-धनगढीको भाडा दर ४४० रूपैयाँ घटेको छ। त्यस्तै सबभन्दा कम काठमाडौं-सिमराको ९० रूपैयाँ भाडा घटेको छ।
नयाँ भाडादरअनुसार काठमाडौं माउन्टेन फ्लाइटको भाडा ३४५ रूपैयाँ घटेको छ।
त्यस्तै, काठमाडौं–भद्रपुर भाडा ३ सय रूपैयाँ, काठमाडौं–विराटनगर २४०, काठमाडौं–जनकपुर १३० रूपैयाँ, काठमाडौं–भरतपुर १०५ रूपैयाँ, काठमाडौं–पोखरा १५५ रूपैयाँ घटेको छ।
यस्तै, काठमाडौं–भैरहवा २०५, काठमाडौं–नेपालगञ्जको भाडादर ३२५ रूपैयाँ, काठमाडौं–धनगढीको ४४० रूपैयाँ, काठमाडौं–तुम्लिङटारको १८५ रूपैयाँ, काठमाडौं–सिमराको ९० रूपैयाँ, काठमाडौं–सुर्खेत ३४५ रूपैयाँ, काठमाडौं–राजविराज २०५ रूपैयाँ घटाइएको छ।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]











