घोडेजात्रामा बैंकिङ सेवा सञ्चालन राख्न राष्ट्र बैंकको निर्देशन
- चैत्र ६, २०७९
- 0

भोलि मङ्गलबार घोडेजात्राका अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा भए पनि उपत्यकाबाहिर हुने कारोबार समेतलाई दृष्टिगत गर्दै बैंकिङ सेवा सञ्चालन राख्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।
राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै भोलि बैंकिङ सेवा प्रभावित नहुने व्यवस्था मिलाउन बैंक–वित्तीय संस्थालाई निर्देशन दिएको जनाएको हो ।
“घोडेजात्राका दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा रहेता पनि उपत्यका बाहिरका कार्यालयमा हुने नगद कारोबार, विद्युतीय चेक भुक्तानी (इसिसी), आरटिजिएसलगायतका आवश्यक बैंकिङ सेवा सञ्चालन राख्न इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका सम्बन्धित विभाग तथा कार्यालय खुला राखी आवश्यक व्यवस्था मिलाउन हुन यो सूचना जारी गरिएको छ”, राष्ट्र बैंकले भनेको छ ।
–रासस
0 प्रतिक्रिया
तमोर जलाशययुक्त बहुउद्देश्यीय आयोजना कार्यान्वयनका लागि सरकार गम्भीर छ : ऊर्जा मन्त्री

ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले सरकार तमोर जलाशययुक्त बहुउद्देश्यीय आयोजना कार्यान्वयनप्रति गम्भीर रहेको बताएका छन् । मन्त्री खड्काको […]
राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त

सरकारले राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको हो […]
गभर्नरका लागि तीनजनाको नाम सिफारिस

नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरका लागि तीनजनाको नाम सिफारिस गरिएको छ । आज गभर्नर सिफारिस समितिले नेपाल राष्ट्र बैंकको १८औँ […]
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज हेर्दाहेर्दैमा रहेको छ । लगातार छैठौँ पटक हेर्न नमिल्नेमा परेको […]
विश्व पौडेललाई गभर्नर बन्ने बाटो खुल्यो, सर्वोच्चद्वारा रिट दरपीठको आदेश सदर

विश्व पौडेललाई गभर्नर बनाउन नहुने माग गर्दै परेको रिट दरपीठ गर्ने आदेश सर्वोच्च अदालतले सदर गरेको छ। अधिवक्ता प्रतिभा उप्रेती […]