सुनको मूल्यले बनायो ऐतिहासिक रेकर्ड, तोलाको एक लाख १० हजार ३३ रुपैयाँ
- चैत्र ५, २०७९
- 0
नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हाल सम्मकै उच्च बिन्दुमा पुगेको हो।
आज सुन प्रतितोला एक लाख १० हजार ३३ रुपैयाँ पुगेको छ।
अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार तोलामा चार सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला दुई हजार नौ सय ३३ रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार ३३ रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख सात हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख छ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।
यसअघि गत माघ १९ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार चाँदी प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारको तुलनामा आइतबार चाँदी प्रतितोला ३५ रुपैयाँ बढेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ८९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
0 प्रतिक्रिया
कांग्रेसको नेपाल स्टार्टअप र एसएमइ सम्मेलनको तयारी अन्तिम चरणमा
नेपाली कांग्रेस पार्टी उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले यही माघ १६ र १७ गते आयोजना गर्न लागेको […]
ओली सरकारले राम्रो गरेको देख्न नसक्नेहरु सलबलाएका छन् : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकलाई निराशाको खाडलबाट बाहिर निकाल्ने प्रयत्न गरिरहँदा राम्रो भएको देख्न नचाहनेहरु प्रशस्तै रहेको बताएका छन् […]
फर्निचर उद्योगमा आगलागी हुदा एक जनाको मृत्यु, एक घाइते
धुलिखेल स्थित एक फर्निचर उद्योगमा लागेको आगोमा परेर एक महिलाले ज्यान गुमाएकी छन् । धुलिखेल नगरपालिका वडा नं ९ मा […]
अखिल क्रान्तिकारीको चुनाव आज
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन हुँदैछ। अध्यक्षसहित पदाधिकारी र केन्द्रीय सदस्यको निर्वाचन शनिबार बिहान […]
राप्रपा केन्द्रीय समिति बैठक जारी
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । शुक्रबारदेखि काठमाडौंको धुम्बाराहीमा सुरु भएको बैठक आजसम्म बस्ने […]