चैतदेखि ब्याजदर घटाउँदै बैंकहरु
- फाल्गुन २५, २०७९
- 0

वाणिज्य बैंकहरुले आगामी चैतमा ब्याजदरमा सामान्य परिवर्तन गर्दै घटाउने भएका छन् । आज बसेको वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स सङ्घको बैठकले आगामी चैतमा कर्जा र निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो ।
आगामी चैत १ गतेदेखि निक्षेपमा शुन्य दशमलव चार प्रतिशत र कर्जामा एक प्रतिशत प्रिमियम दर घटाउने निर्णय भएको सङ्घका अध्यक्ष सुनिल केसीले जानकारी दिए । उनले आफूहरु ऋणको ब्याजदर क्रमशः घटाउनमा केन्द्रित भएको बताए ।
हाल बैंकहरुले आधारदरमा छ प्रतिशतसम्म प्रिमियम लिने गरेका थिए । अब १ प्रतिशत घटेपछि आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम दर तोक्नेछन् ।
यस्तै, निक्षेपतर्फको साधारण बचतमा न्यूनतम छ प्रतिशतदेखि अधिकतम आठ प्रतिशतसम्म ब्याज दिनेछन् । यसअघि साधारण बचतमा न्यूनतम छ दशमलव ४२ प्रतिशतदेखि अधिकतम आठ दशमलव ४२ प्रतिशतसम्म ब्याजदर तोकिएको थियो ।
मुद्दति निक्षेपको ब्याजदर भने स्थीर राखिएको छ । हाल बैंकहरुले मुद्दती निक्षेपमा ११ प्रतिशत ब्याज दिइरहेका छन् । यस्तैगरी, संस्थागततर्फ नौ प्रतिशत र रेमिट्यान्स मुद्दति खातामा १२ प्रतिशत ब्याजदर तोकिएको छ ।
उद्योगी व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिमूलक सङ्घ संस्थाले तत्काल बैंक तथा वित्तीय संस्थाको ब्याज घटाउनुपर्ने माग गर्दै आएका छन् । चौतर्फी दबाब बढेपछि बैंकर्स सङ्घले सामान्य अङ्कले मात्रै ब्याजदर घटाउने निर्णय गरेका हुन् ।
-रासस
0 प्रतिक्रिया
भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्नेे निर्णय

गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउने निर्णय गरेका छन् । सर्वोच्च अदालतबाट जफत हुने भनेर […]
सगरमाथा संवादमा प्रदेश र स्थानीय सरकारलाई सहभागी गराइने

सरकारका मुख्यसचिव एकनारायण अर्यालले सगरमाथा संवाद कार्यक्रममा प्रदेश र स्थानीय सरकारलाई सहभागि गराउने बताएका छन् । आइतवार सगरमाथा संवाद सचिवालयले […]
एनआरएनएको ब्राण्ड एम्बासडर वनिन् ओजस्वी आचार्य, दुई जना नेपालीलाई निःशुल्क एमबीबीएस अध्ययनको अवसर एनआरएनएले दिने

गैरआवासीय नेपाली संघको थाइल्याण्डमा जारी दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलनमा पाल्पाकी ओजस्वी आचार्य एनआरएनए ब्राण्ड एम्बासडर घोषित भएकी छिन् । पाल्पास्थित […]
प्रभु बैंकद्धारा मुक्तिनाथ मन्दिरमा ‘भीम युपिआई’ सेवा शुभारम्भ

प्रभु बैंक लिमिटेडले मुस्ताङ्ग जिल्लाको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर परिसरमा भीम युपिआई सेवा शुभारम्भ गरेको छ । नेपाल राष्ट्र […]
प्रचण्डको फोटो जलाउने राप्रपाका युवा नेता पक्राउ

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को फोटो जलाउने राप्रपानिकट युवा संगठनका नेता निराजन बम पलाँतालाई प्रहरीले […]