बैंक तथा वित्तीय संस्थाहरुका कारण घरमा बस्ने स्थिति नै भएन : दुर्गा प्रसाई

news-details

व्यवसायी दुर्गा प्रसाईले देशमा बैंक तथा वित्तीय संस्थाहरुका कारणले आज मान्छे घरमा नबस्ने स्थिति बन्दै गएको बताएका छन्

आर्थिक मिडिया सञ्चालक संघ (इमान) सँगको छलफलमा प्रसाईंले ऋण खाएपछि तिर्नुपर्छ भन्ने विषयमा आफू क्लियर रहेको बताउर्द कतिपय बैंकका कर्मचारीले ऋणीहरुलाई धम्काएकोप्रति भने आपत्ति रहेको बताए । ‘बैंकको ऋण तिर्नु पर्दैन भन्दिन, तिर्नुपर्छ’ प्रसाईंले भने, ‘हाम्रो अभियान भनेको बैंकको सिस्टम सुधार्ने अभियान हो ।’

आफू पनि बैंकको ऋणि रहेको भन्दै उनले नियमित रुपमा ब्याज बुझाइरहेको बताए । ठूला ऋणीलाई भन्दा पनि साना ऋणीहरुको संरक्षण जरुरी रहेको भन्दै उनले २० लाखसम्म ऋण मिनाहा गर्नुपर्ने बताए । यसका लागि राज्यले नै सहयोग गर्नुपर्ने उनको भनाइ छ । धेरै उद्यमीहरुले ऋणका कारण आत्महत्या रोज्नुपरेको भन्दै उनले त्यसलाई भयावह स्थिति हुन नदिन सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।

प्रसाईले १० जना नेताले देश बिगारेको आरोप लगाए । ‘मुलुकको ५० खर्ब रकममध्ये ३० खर्बचाहिं ५५ जना व्यापारीले चलाएका छ न,उनीहरु भाग्नासाथ देश टाट पल्टिन्छ । के ती व्यापारीहरुसँग त्यति ठूलो रकम लिनसक्ने धितो छ ?’ प्रसाईले प्रश्न गरे ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया