भैरहवामा जजिराले पुनः उडान गर्दै

news-details

सात महिना कुवेत–भैरहवा अन्तर्राष्ट्रिय उडान गरेको कुवेतको जजिरा एयरलाइन्सले आगामी मार्च ९ गतेदेखि पुनः उडान सुरु गर्ने भएको छ । गत जेठ २ गते विमानस्थल उद्घाटनकै दिनबाट जजिराले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु गरेको थियो ।

जजिराले फागुन २५ गतेदेखि पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्न थालेको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । उनका अनुसार जजिराले हप्ताको तीन दिन उडान गर्दै छ ।

जजिराले उडान सुरु गर्न अग्रिम टिकट बुकिङसमेत थालिसकेको उहाँले बताउनुभयो । प्रत्येक हप्ता मङ्गलबार, बिहीबार र शनिबार बिहान ८ः५ बजे उड्ने गरी तालिका तय भइसकेको उनले जानकारी दिए ।

जजिराले उडान रोकेपछि भैरहवामा रहेका निजी क्षेत्रका सङ्घसंस्था, पर्यटन व्यवसायीलगायतले पनि पुनः उडान सुरु गर्न पहल थालेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *