कृषि विकास बैंकको सीईओमा गोविन्द गुरुङ नियुक्त

news-details

कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द गुरुङ नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले गुरुङलाई सीईओ नियुक्त गरेको हो ।

गुरुङको कार्यकाल ४ वर्षको हुनेछ । बैंकको सीईओका लागि २२ जनाले आवेदन दिएका थिए । २२ जनाबाट ५ जना सर्ट लिष्टमा परेका थिए । ५ जनाबाट उनी सीईओ बनेका हुन् । सर्टलिष्टमा परेकाहरुको शनिबार अन्तरवार्ता भएको थियो । अन्र्तवार्ताबाट गुरुङ छानिएका हुन् ।

गुरुङले यसअघि सिभिल बैंकमा सीईओको रुपमा काम गरेका थिए भने म्यानमारको म्यानमार सिटिजन्स बैंकमा पनि सीईओ भएका थिए । उनीसँग बाणिज्य बैंकहरुमा साढे २६ वर्ष काम गरेको अनुभव छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *