कृषि विकास बैंकको सीईओमा गोविन्द गुरुङ नियुक्त
- फाल्गुन ७, २०७९
- 0
कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द गुरुङ नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले गुरुङलाई सीईओ नियुक्त गरेको हो ।
गुरुङको कार्यकाल ४ वर्षको हुनेछ । बैंकको सीईओका लागि २२ जनाले आवेदन दिएका थिए । २२ जनाबाट ५ जना सर्ट लिष्टमा परेका थिए । ५ जनाबाट उनी सीईओ बनेका हुन् । सर्टलिष्टमा परेकाहरुको शनिबार अन्तरवार्ता भएको थियो । अन्र्तवार्ताबाट गुरुङ छानिएका हुन् ।
गुरुङले यसअघि सिभिल बैंकमा सीईओको रुपमा काम गरेका थिए भने म्यानमारको म्यानमार सिटिजन्स बैंकमा पनि सीईओ भएका थिए । उनीसँग बाणिज्य बैंकहरुमा साढे २६ वर्ष काम गरेको अनुभव छ ।
0 प्रतिक्रिया
कांग्रेसद्वारा वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि दुुव्र्यवहार गर्नेमाथि कारवाहीको माग
नेपाली कांग्रेसले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई अदालत परिसरभित्रै हातपात र दुव्र्यवहार गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सूचना […]
विपक्षी दलहरूले आज संयुक्त पत्रकार पत्रकार सम्मेलन गर्दै
संघीय संसदका विपक्षी दलहरूले आज संयुक्त पत्रकार सम्मेलन गर्दै छन् । हिजो बसेको विपक्षी दलको संयुक्त बैठकले संसद्को हिउँदे अधिवेशन […]
कांग्रेसको संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठक बस्दै
नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठक बस्दैछ । बिहीबार बिहान ८ः०० बजे देउवा निवास बुढानिलकण्ठमा सभापति शेरबहादुर […]
आज चारवटा संसदीय समितिको बैठक बस्दै
संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ । आज अर्थ समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने छ । […]
आजको मौसम : केही प्रदेशमा वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । […]