वैंक बिरुद्ध ९ महासंघ र ३८ संघले फागुन ५ गते सडक आन्दोलन गर्ने

news-details

आगामी फागुन ५ गते उद्योगी व्यवसायीहरुका ९ वटा महासंघ र ३८ वटा संघहरुले बैंकहरुको ज्यादती बिरुद्ध संयुक्त सडक आन्दोलन घोषणा गरेका छन् ।

व्यवसायीहरुले पछिल्लो समय बैंकहरुले बढाएको चर्को ब्याजदरबिरुद्ध आन्दोलन घोषणा गरेका हुन् । संयुक्त मुल संघर्ष समितिका संयोजक नरेश कटुवालले उद्योगी व्यवसायीहरुमा रहेको सिण्डिकेटका अन्त्य र बैंकको ज्यादतीबिरुद्ध सडक आन्दोलन घोषणा गर्न लागेको जानकारी दिएका छन् ।

संघर्ष समितिका संयोजक कटुवालले फागुन ५ गते उद्योगी व्यवसायीहरुका छाता संगठनका ९ वटा महासंघ र ३८ वटा संघहरुले बैंकहरुबिरुद्ध वृहत संयुक्त सडक आन्दोलन गर्ने घोषणा गरेको जानकारी दिएका छन् ।

समितिले लामो समयदेखि उद्योगी व्यवसायीहरुले उठाउँदै आएका माग सम्बोधन गर्न सरकार उदासिन देखिएकाले सडक आन्दोलनमार्फत आफ्ना मागहरु राख्न बाध्य हुनुपरेको जनाएको छ ।

सम्पूर्ण देशभरका उद्योगी,व्यापारी व्यवसायी सम्बन्धित सबै ऋणीहरुलाई आन्दोलनमा सहभागि हुन सघर्ष समितिले आग्रह गरेको छ । बैंकहरुले देखाएको दादागिरीको अन्त्य र निश्चित उद्योगी व्यवसायीहरुको सिण्डिकेटको बिरुद्ध एक पटक शान्तिपुर्ण सडक आन्दोलन हुने जनाइएको छ ।

फागुन ५ गतेपछि पनि सरकारले व्यवसायीहरुको माग सम्बोधन नगरेर थप आन्दोलनका कार्यक्रमहरु गर्दै जाने जनाएका छन् । फागुन ५ गतेपछि पहिलो चरणमा सम्पूर्ण उद्योगी व्यवसायीहरुले बैंकिङ कारोबार बन्द गराउने र त्यसपछि पनि राज्यले उद्योगी व्यवसायीहरुको माग सम्बोधन नगरे सबै व्यवसायको तालाचाँवी सरकारलाई बुझाउने चेतावनी संघर्ष समितिले दिएको छ ।

संयुक्त आन्दोलनमा नेपाल राष्ट्रिय व्यवसायी महासंघ,नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ढुवानी व्यवसायी महासंघ, ग्रिल तथा स्टिल व्यवसायी महासंघ,कपडा तथा सिलाई व्यवसायी महासंघ, होटल व्यवसायी महासंघ र मोबाइल व्यवसायी महासंघ, सार्वजनिक यातायात केन्द्रिय महासंघले साथ दिएको छ भने महासंघमा आवद्ध ३८ वटा संघहरुले आन्दोलनमा सहभागिता जनाउने बताएका छन् ।

भिडियो हेर्नुहोस् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *