सेवा शुल्क खारेजीको विरोधमा चरणबद्ध आन्दोलन घोषणा

news-details

सेवा शुल्क खारेजी गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध होटल तथा रेष्टुरेण्टका ट्रेड युनियन संगठनहरूले आन्दोलन थालेका छन् ।

ट्रेड युनियनहरूको संघर्ष समितिले सेवा शुल्क खारेजीले होटल तथा पर्यटन क्षेत्रका कर्मचारीले खाइपाइ आएको सेवासुविधा कटौती भएको भन्दै विरोध गरेका हुन् ।

होटल तथा पर्यटन क्षेत्रमा सेवा शुल्क लगाउने होटल संघ र होटल क्षेत्रका ट्रेड युनियनहरूबीच सन् २००६ मा नै सम्झौता भएको र यसअघि सर्वोच्चले पनि सेवा शुल्क लिनेविरुद्धको निवेदन खारेज गरेको उनीहरूले नजिर पेस गरेका छन् ।

संघर्ष समितिले माघ १९ देखि २६ गतेसम्म चरणबद्ध आन्दोलन पनि घोषणा गरेको छ ।

अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरेण्ट मजदुर संघका अध्यक्ष कुमार पन्तले प्रत्येक होटल तथा प्रष्ठिानहरूको मुल गेटमा कालो ब्यानर राख्ने, होटल तथा रेष्टुरेण्टका कर्मचारीहरूले कालो पट्टी वा कालो फेटा बाँधेर काम गर्ने, प्लेकार्डसहित दैनिक धर्ना तथा कोणसभा गर्ने बताए । माघ २७ देखि सबै होटलहरूको बुकिङ बन्द गर्ने र विरोध सभा र फागुन २ गते खुला विरोधसभा गर्ने पनि पन्तले बताए ।

फागुन ७ गतेबाट पर्यटन क्षेत्रमा अनिश्चितकालीन हड्ताल गर्ने पनि उनले चेतावनी दिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *