नेपाल मुद्रा विप्रेषण संघको श्रममन्त्री अर्यालसँग भेटवार्ता

news-details

विदेशबाट रेमिट्यान्स भित्र्याइरहेका व्यवसायीको संस्था नेपाल मुद्रा विप्रेषक संघले नवनियुक्त श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालसँग भेटवार्ता गरेको छ ।

संघका अध्यक्ष चन्द्र टण्डनको नेतृत्वमा सोमबार श्रम मन्त्रालय पुगेर संघका कार्यसमितिको तर्फबाट मन्त्रीको सफल कार्यकालको शुभकामना प्रदान गर्दै वैधानिक माध्यमबाट धेरैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने विषयमा छलफल भएको हो ।

छलफलमा रेमिट्यान्स व्यवसायका साथै विदेशमा रहेका श्रमिकहरुको हक अधिकार सुरक्षित गर्न मन्त्रालयले चाल्नु पर्ने कदमका विषयमा समेत छलफल भएको संघका अध्यक्ष टण्डनले जानकारी दिए ।

श्रममन्त्री अर्याल आफै पनि रेमिट्यान्स व्यवसायी भएकाले यस क्षेत्रको जानकार मानिन्छन् । उनी इजीलिंक रेमिट्यान्सका पूर्व कार्यकारी निर्देशक र संघको सल्लाहकार समेत हुन् ।

सो भेटवार्तामा संघका पूर्व अध्यक्ष तथा आइएमईका सुमन पोखरेल, संघका अध्यक्ष सिटी एक्सप्रेसका चन्द्र टण्डन, उपाध्यक्ष नेपाल रेमिटका रमेश मित्तल, महासचिव सुर्य रेमिटका संजय सिग्देल, कोषाध्यक्ष आइपे रेमिटका इन्द्र प्रसाद शर्मा, सचिव इजिलिंक रेमिट्यान्सका दिपेन्द्र खनाल, सदस्यहरु एटीटी रेमिटका संजिव कुमार पाठक, क्यासवे मनि ट्रान्सफरका प्रविन अधिकारी, जिइमई रेमिटका दिवाकर पौडेल, प्रभु मनि ट्रान्सफरका रामेश्वर सापकोटा, हिमाल रेमिटका युमा श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *