काठमाडौं/ व्यवसायीहरुप्रति सरकारले विभेद गरेको भन्दै काठमाडौँ उपत्यकाका व्यापारी व्यवसायीहरुले विरोध प्रदर्शन गरेका छन् । काठमाडौंको माइतीघर मण्डलामा आज भेला भएर उनीहरुले सरकारी विभेद तथा वित्तिय संस्थाहरुको आतंकको विरुद्धमा प्रदर्शन गरेका हुन् ।

सरकारी विभेद तथा वित्तिय संस्थाहरुको आतंकविरुद्ध माइतीघरमा व्यवसायीहरुको विरोध प्रदर्शन

राज्यले व्यवसायीहरुप्रति हेर्ने दृष्टिकोण तत्काल परिवर्तन गर्नुपर्ने, बैंकले बढाएको अस्वभाविक ब्याजदरको अन्त्य हुनुपर्ने, बैज्ञानिक भाडादर कायम गर्नुपर्ने, व्यवसायीक वातावरण कायम गर्नुपर्ने लगायतका मागहरु राखेर व्यवसायीहरु विरोधमा उत्रिएका थिए ।

सरकारी विभेद तथा वित्तिय संस्थाहरुको आतंकविरुद्ध माइतीघरमा व्यवसायीहरुको विरोध प्रदर्शन
देशको आर्थिक मेरुदण्डको रुपमा रहेको उद्योगी व्यवसायीहरुप्रति राज्यले गर्दै आएको अवहेलना र बैंक तथा वित्तीय संस्थाहरुले लिने चर्को ब्याजदर, कालो सुचीमा नामाकरण साथै धितो लिलामी गरी व्यवसायीहरु आत्महत्या गर्न बाध्य हुनुपरेको र यसको अन्त्य गर्नका लागि राज्य कटिबद्ध भएर लाग्नुपर्ने व्यवसायीहरुको माग छ ।
सरकारी विभेद तथा वित्तिय संस्थाहरुको आतंकविरुद्ध माइतीघरमा व्यवसायीहरुको विरोध प्रदर्शन

राज्यको गलत नितिका कारण केहि समय अघिमात्र बैंकको चर्को ब्याजदर थेग्न नसक्दा, काठमाडौंको बिच सडकमै एक व्यवसायी प्रेमप्रसाद आचार्यले देहत्याग गर्नुपरेको र त्यस्तो परिबन्धमा परेर कुनै पनि व्यवसायीको ज्यान नजाओस् भन्नका लागि व्यवसायीले विरोध प्रदर्शन गरेको जनाएका छन ।

हेर्नुहोस भिडियो

विरोध कार्यक्रममा उपत्यकाका ३ जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरका व्यापारी तथा व्यवसायीहरुको सहभागिता रहेको थियो । उनीहरुले उद्योग व्यापार बचाउँ, राष्ट्रिय अर्थतन्त्र माथि उठाउँ, बैंक सधै नाफामा, व्यापारी सँधै घाटामा, स्व।प्रेमप्रसाद आचार्यका माग पुरा गर लगायतका नारा लेखेका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

सरकारी विभेद तथा वित्तिय संस्थाहरुको आतंकविरुद्ध माइतीघरमा व्यवसायीहरुको विरोध प्रदर्शन

त्यस्तै प्रदर्शनीमा नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्की, फुट्वेयर म्यानुफ्याक्चर्स एशोसियसन अफ नेपालका अध्यक्ष नानीराज घिमिरे, राष्ट्रिय व्यापार संघका अध्यक्ष सरोजकुमार श्रेष्ठ, रञ्जना व्यपार संघका अध्यक्ष बिना श्रेष्ठ लगायत उपत्यकाभरकै व्यापारी व्यवसायीहरुको उपस्थित रहेको थियो ।