राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन् ।
नवनियुक्त उपाध्यक्ष श्रेष्ठलाई सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथग्रहण गराएका हुन् ।
उनलाई सिंहदरबारमा शपथग्रहण गराइएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
म्याग्दीका श्रेष्ठ यसअघि पनि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भएका थिए ।
२०७३ सालमा पनि उनी योजना आयोगको उपाध्यक्ष थिए ।








