माघदेखि ब्याजदर घटाउने बैंकर्स संघको निर्णय
- पुस २८, २०७९
- 0

वाणिज्य बैंकहरुले आगामी माघदेखि निक्षेपको ब्याजदर घटाउने भएका छन् ।
नेपाल बैंकर्स संघको बुधबार बसेको बैठकले माघ १ गतेदेखि लागू हुने गरी मुद्दती निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो ।
नेपाल बैंकर्स संघको नयाँ अध्यक्षमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी निर्वाचित भएलगत्तै बुधबार साँझ बसेको बैठकले अहिले दिईदै आएको ब्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेपको ब्याजदरमा १० प्रतिशत घटाउने निर्णय गरेको हो ।
वाणिज्य बैंकहरुले ब्यक्तिगत मुद्दती खातामा १२ दशमलव १३ प्रतिशत दिंदै आएकोमा माघदेखि उक्त ब्याजदर ११ प्रतिशतमा झर्ने छ । यस्तै संस्थागत मुद्दती खातामा दिइएको १० दशमलव १३ प्रतिशतको ब्याजदर अब ९ प्रतिशत कायम हुने भएको छ ।
मुद्दती खाताको ब्याज दर घट्दा तत्कालै ऋणीहरुलाई ठूलो राहत नहुने भए पनि बैंकहरुको ब्याजको आधार दर घट्दा केही राहत भने हुने बैंकरहरुले बताएका छन् ।
0 प्रतिक्रिया
अध्यागमन कार्यालयबाट मन्त्रालय तानिएलगत्तै सहसचिव तीर्थराज भट्टराई अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको छ । मंगलबारमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट जिम्मेवारी खोसिएर गृह […]
लेखा समितिमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुबीच चर्काचर्की

सार्वजनिक लेखा समितिमा सांसदहरूबीच चर्काचर्की भएको छ । बुधबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार […]
भारतले युद्ध चाहेको छैन, युद्धको लागि कसैले पनि नउक्साउनु होलाः नेता जोली

भारतीय जनता पार्टीका नेता डा.विजय जोलीले भारतले युद्ध नचाहेको भन्दै युद्धको लागि कसैले पनि नउक्साउन आग्रह गरेका छन् । बुधबार […]
विपद् सम्बन्धी पूर्व सूचित गर्ने प्रविधिको विकास हुन आवश्यक छ : मन्त्री खड्का

उर्जामन्त्री दिपक खड्काले अकस्मात पानी परेर बाढी आउदाँ सचेत गराउने प्रविधिको विकास हुनुपर्ने बताएका छन् । बुधबार उर्जा, जलस्रोत तथा […]
गभर्नर विश्वनाथ पौडेलले गरे पदभार ग्रहण, ५ सय र १ हजारका नयाँ नोट छपाई गर्ने निर्णय

नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकमा पुगेर पदभार ग्रहण गरेका छन् । बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट शपथग्रहण लगत्तै […]