पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित प्रणाली लागू गरिने

news-details

उद्योग वाणिज्य तथा आपूर्ति सचिव मधुु मरासिनीले पेट्रोलियम पदार्थको मूल्य निर्धारणमा पूर्ण रूपमा स्वचालित प्रणाली लागू गरिने बताएका छन ।

नेपाल आयल निगमको ५३औँ वार्षिकोत्सवको अवसरमा मङ्गलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सचिव मरासिनीले स्वचालित मूल्य प्रणाली लागू नहुुँदा निगमको वित्तीय अवस्था कमजोर हुुँदै गएकाले अब पूर्ण रूपमा लागू गरिने बताएका हुन ।

अन्तर्राष्ट्रिय बजारमा सन् २०२३ मा कच्चा तेलको मूल्य घट्ने देखिएकाले पनि स्वचालित मूल्य लागू गर्न सहज हुने उनले बताए । ‘पेट्रोलियम पदार्थको कारोबार गर्ने निगम एकाधिकार प्राप्त रहेको र व्यापारिक मोडेलको संस्था भएकाले आम्दानी बढेको हुुनुपर्छ’, सचिव मरासिनीले भने, “अहिले निगमको अवस्था कहाँ छ भनेर प्रश्न गर्नुुपर्ने अवस्था आएको छ ।”

निगमप्रति उपभोक्ताको चासो बढेकाले संस्था सुधार गर्न कर्मचारीले दैनिक कम्तीमा पाँच वटा कामको प्रतिबद्धता गर्नुुपर्ने र संस्थालाई कारोबार मात्र नभएर लगानी गर्ने हिसाबमा पनि अगाडि बढ्न उपयुक्त हुने उनले बताए । निगमको विकल्प भनेको गुणात्मक सुधारसँगै डिजिटल प्रविधिको प्रयोग गर्नुु रहेको सचिव मरासिनीले बताए । नेपालका पेट्रोल पम्पहरू फोहोर र अव्यवस्थित रहेको भन्दै सचिव मरासिनीले व्यवसायीलाई पूर्वाधार सुधार गरी सबै किसिमको सुविधा पाउने ठाउँको विकास गर्न आग्रह गरे । इन्धन अत्यावश्यक वस्तुु भएकाले भन्डारण र सुधारमा जोड दिनुपर्ने उनले बताए ।

कार्यक्रममा निगमका कार्यकारी निर्देशक उमेशकुमार थानीले रुस–युक्रेन युद्धका कारण इन्धनको मूल्य बढेकाले आर्थिक चपेटामा निगम परेको बताए । “स्वचालित मूल्य प्रणाली नियमित रूपमा लागू गरेको भए निगमको अवस्था कमजोर हुुने थिएन,” कार्यकारी निर्देशक थानीले भने, “अब ग्याससँगै अरू इन्धनमा स्वचालित मूल्य प्रणालीमा इन्धनको मूल्य तोक्न सबैको साथ र सहयोग आवश्यक छ ।”

गुणस्तरीय पेट्रोलियम पदार्थको नियमित रूपमा आपूर्र्ति सहज बनाउनु नै निगमको प्रमुख लक्ष्य रहेकाले इन्धन भण्डारण गृह निर्माण गर्न लागिएको कार्यकारी निर्देशक थानीले जानकारी दिए ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *