आजदेखि ग्लोबल आईएमई र बीओकेको एकीकृत कारोबार, बन्यो सबभन्दा ठूलो वाणिज्य बैङ्क

news-details

मर्जरका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेका ग्लोबल आईएमई बैङ्क र बैङ्क अफ काठमाण्डूको एकीकृत कारोबार सोमबारदेखि सुरु हुँदै छ ।

दुवै बैङ्कको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभिए पश्चात् बन्ने संस्थामा सर्ने गरी दुवै संस्थाबाट सञ्चालन हुँदै आएका सम्पूर्ण वित्तीय कारोबार एकीकृत कारोबार सोमबारदेखि ‘ग्लोबल आईएमई बैङ्क लिमिटेड’का नामबाट हुन लागेको हो ।

ग्लोबल आईएमई बैङ्कले बैङ्क अफ काठमाण्डूलाई मर्ज गरेपछि मुलुककै ठूलो बैङ्क बन्दै छ । मर्जर पश्चात् बैङ्कको कुल पुँजी ५७ अर्ब रुपियाँ, चुक्ता पुँजी ३५.७७ अर्ब रुपियाँ, कुल निक्षेप चार खर्ब, कुल कर्जा तीन खर्ब ७९ अर्ब रुपियाँभन्दा बढी पुग्ने भएको बैङ्कले जनाएको छ ।

२१ वटा बैंक तथा वित्तीय संस्थाहरू गाभिएर बन्ने ग्लोबल आइएमई बैंकमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित भइसकेका छन् ।

दुई बैंकहरूको मर्जर पछि बैंक कुल ३६५ शाखा कार्यालय, ३६७ एटिएम, २८६ शाखारहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालयहरू, ३ वटा विदेशस्थित सम्पर्क कार्यालयहरू, ४० लाखभन्दा बढी ग्राहकहरू सहित अन्य धेरै वित्तीय परिसूचकहरूमा ग्लोबल आइएमई बैंक मुलुकको सबैभन्दा ठूलो बैंक हुने बताइएको छ। बैंकमा अरू बैंकहरु पनि गाभिने क्रममा छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया