काठमाडौंको भृकुटीमण्डपमा पहिलोपटक अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी हुँदै : औद्योगिक प्रर्दशनीका ७ विशेषता

news-details

काठमाडौँको भृकुटीमण्डपमा पहिलो पटक अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रर्दशनी हुने भएको छ । फुटवेयर म्यानुफ्याकचर्स एसोसिएसन अफ नेपाल (एफम्यान)ले पौष २१ देखि २३ गतेसम्म अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गर्न लागेको हो ।

एसोसिएसनले आइतबार पत्रकार सम्मेलन गर्दै नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय फुटवेयर औंद्योगिक प्रदर्शनी फरकढंगबाट गर्न लागेको जानकारी दिएको हो । प्रदर्शनीमा पहिलाको जस्तो किनबेचभन्दा पनि पहिलो पटक बिजनेस टु बिजनेस सेल्स पनि हुने आयोजकले जनाएका छन् ।

आयोजकले देश भरीबाट ४० हजार देखि ५० हजार उद्योगि, डिलर, होलसेलर र खुद्रा व्यापारीहरुको सहभागिता जनाउने अपेक्षा गरेका छन् । प्रदर्शनीमा विदेशी कच्चा पदार्थ, मेशिनरी र प्रविधि सहितको ४० भन्दा बढि कम्पनीका स्टल रहने र नेपाली फुटवेयरका ९० कम्पनी सहभागि हुने मेला संयोजक तथा एसोसिएसनका उपाध्यक्ष सुरज बञ्जाडेले जानकारी दिए ।स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न प्रर्दशनी मेलाको माध्यमबाट व्यापक प्रचारप्रसार गरी बाह्यबजारसमेत विस्तार गर्ने रणनीति पहल गर्न मेला आयोजना गरेको मेलाको संयोजक बञ्जाडेले बताए ।
यो प्रदर्शनीमा नेपालमा फुटवेयर तथा छालाजन्य सामाग्री उत्पादन विधि कच्चा पदार्थको गुणस्तरको पनि जानकारी गराइने र एउटै छानामुनि देशभरीका उद्योगी हुने हुदाँ पछिल्लो नयाँ डिजाइन, विकास र प्रतिस्पर्धी मुल्य छानेर कारोवार गर्नको लागि सहजता हुने एसोसिएसनका अध्यक्ष नानीराज घिमिरेले जानकारी दिए ।संघका अध्यक्ष घिमिरेले स्वदेशी माग पूरा गर्न आत्मनिर्भर भए पनि चोरी पैठारीका कारण समस्या भएको बताए । उनले भने, ‘चोरी पैठारी, न्यून विजकीकरण, दक्ष जनशक्तिको अभाव र अनियन्त्रित सस्तो जुत्ताको आयातले स्वदेशी उद्योगलाई प्रभाव पारेको छ ।’
विश्वमा ख्याति कमाएका बहुराष्ट्रिय कम्पनीहरुले प्रदर्शनीमा भाग लिने हुँदा नेपाली उद्यमीले आफ्नो उत्पादनलाई प्रतिस्पर्धी मुल्यमा गुणस्तरीय कच्चापदार्थ, मेशिनरी र प्रबिधीको पहँुच सहज बनाई गुणस्तरीय उत्पादन गर्न सहज हुने विश्वास आयोजकले लिएका छन् ।

प्रदर्शनीमा नेपालका ठुला उत्पादकदेखि साना घरेलु उद्योगहरुलाई समावेश गरिएको स्टलको मुल्य तिर्न असर्मथ उद्योगहरुलाई केहि संख्यामा निशुल्क राख्ने व्यवस्था मिलाइएको अध्यक्ष घिमिरेले जनाएका छन् ।

हाल नेपालमा बिक्रि हुने फुटवेयरजन्य सामान करीव ५० प्रतिशत रहेको र यसलाई नेपालभरका डिलर, होलसेल, खुद्रा व्यवसायी मार्फत विक्रि वितरणमा वृद्धि बढाई नेपाली उत्पादनको हिस्सा ७५ प्रतिशत पु¥याउने लक्ष्य सहित प्रदर्शनी गर्न लागिएको एसोसिएसनले जनाएको छ । त्यस्तै नेपाली फुटवेयर उद्योगमा लाग्ने कच्चा पदार्थको हिस्सा ४० प्रतिशतबाट बढाएर ६० प्रतिशत पुर्याउने लक्ष्य पनि लिइएको आयोजकले जनाएको छ । कच्चा पदार्थ, मेशिनरी र प्रविधिमा वैदेशिक लगानी भित्राउने तथा हाल भइरहेको निर्यातलाई दोव्बर बनाउने लक्ष्य पनि आयोजकको रहेको छ ।

प्रर्दशनीका विशेषताहरु
१. मेलामा प्रथम पटक बि टु बि सेल्स हुने
२. विदेशी डिलर, होलसेलरलाई प्रर्दशनी अवधिभर होटल सुविधासहित आमन्त्रण गरिएको जसको परिणामस्वरुप नेपाली उत्पादनको विदेश निर्यातको सम्भावना रहेको ।
३. देशभरीबाट ४० देखि ५० हजार उद्योगी, डिलर, होलसेलर र खुद्रा व्यापारीहरुको सहभागिता जनाउने अपेक्षा
४. प्रदर्शनीमा विदेशी कच्चापदार्थ, मेसिनरी र प्रविधिसहितको ४० भन्दा बढी कम्नपनीका स्टल रहने र नेपाल फुटवेयरका ९० कम्पनी सहभागी हुने ।
५. ३सय भन्दा बढी सरकारी, गैरसरकारी, व्यवसायिक संघसंस्थाहरु, विदेशस्थित कुटनैतिक नियोग र राज्यका नीतिनिर्माण तहका संस्था तथा व्यक्तित्वहरुलाई प्रर्दशनी अवलोकन गराउने
६. प्रदर्शनीमा नेपालमा फुटवेयर तथा छालाजन्य सामग्री उत्पादन तथा विधि कच्च पदार्थको गुणस्तकरो पनि जानकारी गराइने ।
७. प्रर्दशनीमा नेपालका ठूला उत्पादकदेखि साना घरेलु उद्योगहरुलाई समावेश गरिएको स्टलको मूल्य तिर्न असमर्थ उद्योगहरुलाई केही संख्यामा निशुल्क राख्ने व्यवस्था

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *