काठमाडौंको भृकुटीमण्डपमा पहिलोपटक अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी हुँदै : औद्योगिक प्रर्दशनीका ७ विशेषता
- पुस १५, २०७९
- 0
काठमाडौँको भृकुटीमण्डपमा पहिलो पटक अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रर्दशनी हुने भएको छ । फुटवेयर म्यानुफ्याकचर्स एसोसिएसन अफ नेपाल (एफम्यान)ले पौष २१ देखि २३ गतेसम्म अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गर्न लागेको हो ।
एसोसिएसनले आइतबार पत्रकार सम्मेलन गर्दै नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय फुटवेयर औंद्योगिक प्रदर्शनी फरकढंगबाट गर्न लागेको जानकारी दिएको हो । प्रदर्शनीमा पहिलाको जस्तो किनबेचभन्दा पनि पहिलो पटक बिजनेस टु बिजनेस सेल्स पनि हुने आयोजकले जनाएका छन् ।
आयोजकले देश भरीबाट ४० हजार देखि ५० हजार उद्योगि, डिलर, होलसेलर र खुद्रा व्यापारीहरुको सहभागिता जनाउने अपेक्षा गरेका छन् । प्रदर्शनीमा विदेशी कच्चा पदार्थ, मेशिनरी र प्रविधि सहितको ४० भन्दा बढि कम्पनीका स्टल रहने र नेपाली फुटवेयरका ९० कम्पनी सहभागि हुने मेला संयोजक तथा एसोसिएसनका उपाध्यक्ष सुरज बञ्जाडेले जानकारी दिए ।
स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न प्रर्दशनी मेलाको माध्यमबाट व्यापक प्रचारप्रसार गरी बाह्यबजारसमेत विस्तार गर्ने रणनीति पहल गर्न मेला आयोजना गरेको मेलाको संयोजक बञ्जाडेले बताए ।
यो प्रदर्शनीमा नेपालमा फुटवेयर तथा छालाजन्य सामाग्री उत्पादन विधि कच्चा पदार्थको गुणस्तरको पनि जानकारी गराइने र एउटै छानामुनि देशभरीका उद्योगी हुने हुदाँ पछिल्लो नयाँ डिजाइन, विकास र प्रतिस्पर्धी मुल्य छानेर कारोवार गर्नको लागि सहजता हुने एसोसिएसनका अध्यक्ष नानीराज घिमिरेले जानकारी दिए ।
संघका अध्यक्ष घिमिरेले स्वदेशी माग पूरा गर्न आत्मनिर्भर भए पनि चोरी पैठारीका कारण समस्या भएको बताए । उनले भने, ‘चोरी पैठारी, न्यून विजकीकरण, दक्ष जनशक्तिको अभाव र अनियन्त्रित सस्तो जुत्ताको आयातले स्वदेशी उद्योगलाई प्रभाव पारेको छ ।’
विश्वमा ख्याति कमाएका बहुराष्ट्रिय कम्पनीहरुले प्रदर्शनीमा भाग लिने हुँदा नेपाली उद्यमीले आफ्नो उत्पादनलाई प्रतिस्पर्धी मुल्यमा गुणस्तरीय कच्चापदार्थ, मेशिनरी र प्रबिधीको पहँुच सहज बनाई गुणस्तरीय उत्पादन गर्न सहज हुने विश्वास आयोजकले लिएका छन् ।
प्रदर्शनीमा नेपालका ठुला उत्पादकदेखि साना घरेलु उद्योगहरुलाई समावेश गरिएको स्टलको मुल्य तिर्न असर्मथ उद्योगहरुलाई केहि संख्यामा निशुल्क राख्ने व्यवस्था मिलाइएको अध्यक्ष घिमिरेले जनाएका छन् ।
हाल नेपालमा बिक्रि हुने फुटवेयरजन्य सामान करीव ५० प्रतिशत रहेको र यसलाई नेपालभरका डिलर, होलसेल, खुद्रा व्यवसायी मार्फत विक्रि वितरणमा वृद्धि बढाई नेपाली उत्पादनको हिस्सा ७५ प्रतिशत पु¥याउने लक्ष्य सहित प्रदर्शनी गर्न लागिएको एसोसिएसनले जनाएको छ । त्यस्तै नेपाली फुटवेयर उद्योगमा लाग्ने कच्चा पदार्थको हिस्सा ४० प्रतिशतबाट बढाएर ६० प्रतिशत पुर्याउने लक्ष्य पनि लिइएको आयोजकले जनाएको छ । कच्चा पदार्थ, मेशिनरी र प्रविधिमा वैदेशिक लगानी भित्राउने तथा हाल भइरहेको निर्यातलाई दोव्बर बनाउने लक्ष्य पनि आयोजकको रहेको छ ।
प्रर्दशनीका विशेषताहरु
१. मेलामा प्रथम पटक बि टु बि सेल्स हुने
२. विदेशी डिलर, होलसेलरलाई प्रर्दशनी अवधिभर होटल सुविधासहित आमन्त्रण गरिएको जसको परिणामस्वरुप नेपाली उत्पादनको विदेश निर्यातको सम्भावना रहेको ।
३. देशभरीबाट ४० देखि ५० हजार उद्योगी, डिलर, होलसेलर र खुद्रा व्यापारीहरुको सहभागिता जनाउने अपेक्षा
४. प्रदर्शनीमा विदेशी कच्चापदार्थ, मेसिनरी र प्रविधिसहितको ४० भन्दा बढी कम्नपनीका स्टल रहने र नेपाल फुटवेयरका ९० कम्पनी सहभागी हुने ।
५. ३सय भन्दा बढी सरकारी, गैरसरकारी, व्यवसायिक संघसंस्थाहरु, विदेशस्थित कुटनैतिक नियोग र राज्यका नीतिनिर्माण तहका संस्था तथा व्यक्तित्वहरुलाई प्रर्दशनी अवलोकन गराउने
६. प्रदर्शनीमा नेपालमा फुटवेयर तथा छालाजन्य सामग्री उत्पादन तथा विधि कच्च पदार्थको गुणस्तकरो पनि जानकारी गराइने ।
७. प्रर्दशनीमा नेपालका ठूला उत्पादकदेखि साना घरेलु उद्योगहरुलाई समावेश गरिएको स्टलको मूल्य तिर्न असमर्थ उद्योगहरुलाई केही संख्यामा निशुल्क राख्ने व्यवस्था















