संखुवासभाको मेन्छ्याम हाइड्रोले थाल्यो बिजुली उत्पादन

news-details

संखुवासभाको मेन्छ्याम हाइड्रो पावरले अन्तिम परीक्षणपछि विद्युत उत्पादन शुरु गरेको छ। चैनपुर नगरपालिका-२ पिलुवा खोलामा निर्मित ४ दशमलव ७२ मेगावाट क्षमताको आयोजनाले विद्युत उत्पादन थालेको हो।

मेन्छ्यामबाट उत्पादित बिजुली चैनपुरकै बानेश्वरस्थित २२० केभीको सब-स्टेशनमा जोडिनेछ। १ अर्ब रूपैयाँभन्दा बढीको लागत लागेको आयोजना निर्माण गर्न ६ वर्ष लाग्यो। आयोजनामा नबिल बैंक र राष्ट्रिय वाणिज्य बैंकको ऋण लगानी छ।

आयोजनाको उद्योगपति विनोद चौधरीले उदघाटन गरेका थिए। संखुवासभाको चैनपुर नगरपालिका–२ मा उक्त आयोजना निर्माण भएको छ। सब–स्टेसनसम्म लाइन जोडिइसकेको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *