अजित बस्नेतले भित्र्याए विश्वप्रसिद्ध एकोर ग्रुप, दि मेट्रोपोलिटिनको व्यवस्थापन सम्हाल्ने

news-details

नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य एवम् एनआरएन तथा द्धि राष्ट्रिय समितिका सभापति देशबन्धु बस्नेत (अजित) ले होटल व्यवसायमा विश्व प्रशिद्ध एकोर ग्रुप नेपालमा भित्र्याएका छन् ।

सफल व्यवसायीसमेत रहेका बस्नेतले नेपालमा आफूले सञ्चालनमा ल्याउन लागेको ‘दि मेट्रोपोलिटन होटल प्राइभेट लिमिटेड’ को व्यवस्थापनमा विश्व प्रसिद्ध एकोर समूह भित्र्याएका हुन्।

दि मेट्रोपोलिटनलाई एकोर समूहले ‘मर्क्युर’ ब्रान्डको नाममा सञ्चालनमा ल्याउनेछ। भारतको नयाँ दिल्लीमा उक्त ब्राण्डलाई नेपालमा भित्र्याउन एकोर र दि मेट्रोपोलिटिनबीच सम्झौता भएको छ।

उक्त सम्झौतामा दि मेट्रोपोलिटन होटलका अध्यक्ष बस्नेत र एकोरका वरिष्ठ उपाध्यक्ष पुनित देवानले हस्ताक्षर गरेका हुन्।

सम्झौतापछि दि मेट्रोपोलिटिनका अध्यक्ष बस्नेतले एकोरसँगको सहकार्यले आपसी समझदारी र सहकार्यको दीर्घकालिन सम्बन्धको सुरूवात गरेको बताए।

‘विश्वस्तरको ब्राण्डलाई नेपालमा ल्याउन पाउनु गौरवको विषय हो,’ उनले भने, ‘यसले नेपालमा आउने आगन्तुकहरूले विश्वस्तरीय हस्पिटालिटी सेवा लिन पाउने अवसर सृजना भएको छ।’

उक्त सम्झौताले नेपालको पर्यटनको विकासमा ठूलो सहयागग पुग्नुका साथै एकोरले नेपालमा आउने विदेशी पाहुनाहरूलाई विश्वस्तरीय सेवाको साथमा नेपाली परम्पराअनुसारको आतिथ्यता दिने एकोरका वरिष्ठ उपाध्यक्ष पुनित देवानले बताए।

एसिया, युरोप, अफ्रिका एवम् मध्यपूर्वका सय बढी देशका ५ हजार ३ सय बढी होटलहरूको व्यवस्थापन हेरिरहेको उक्त समूहले नेपालमा पहिलो पटक दि मेट्रोपोलिटनमा मर्क्युर ब्राण्डमा होटलको व्यवस्थापन सम्हाल्ने भएको हो।

एकोरले नेपालमा मर्क्युर ब्राण्डको नामबाट १०५ कोठाको पाँच तारे होटल सञ्चालनमा ल्याउने छ।

काठमाडौंको सुकेधारामा निर्माणधीन १० तले उक्त पाँच तारे होटलमा जिम, स्वीमिङ पुल लगायत पाँच तारे होटलमा आवश्यक सबै सुविधा उपलब्ध हुनेछन्।

उक्त सम्झौतामा सो होटललाई सन् २०२३ भित्रै सञ्चालनमा ल्याउने उल्लेख गरिएको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *