तीन वर्षपछि रसुवागढी नाकाबाट निर्यात सुरु

news-details

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट निर्यात सुरु भएको छ । कोभिड १९ को संक्रमण हुनुभन्दा अघिदेखि नै निर्यात ठप्प रहेकोमा तीन बर्ष पछि निर्यात सुरु भएको हो ।

हिजो छ वटा नेपाली कन्टेनरमा राखिएका नेपाली बस्तुहरु बाँसका मुडा, हस्तकलाका समाग्रीहरुमा बिशेष त तामाका हस्तकलाका समाग्रीहरु तीनवटा चीनीयाँ गाडीमा राखेर पठाईएको रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत नारायण प्रसाद भण्डारीले बताए ।

बिगत तीन बर्षदेखि रसुवागढी नाकाबाट आयात मात्र हुँदै आएकोमा हिजोदेखि निर्यात हुन लागेपछि यस नाकाबाट हुने ब्यापार घाटा केहि कम हुने उनको भनाई छ ।

रसुवा भन्सार कार्यालयका अनुसार नेपाली समाग्रीमध्ये खाद्य बस्तुहरुमा नेपाली भाषामा र केहि समाग्रीहरुमा अंग्रेजी भाषामा मात्र लेबललिङ गरिएको भन्दै चीनीयाँ पक्षले समाग्री लैजान रोक लगाएको थियो ।

चीनबाट इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री र फलफूल आयात हुँदै आएको छ भने त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो तथा हस्तकलामा आधारित बिभिन्न समाग्रीहरु चीनतर्फ निर्यात हुने गरेको थियो ।

निर्यात सुरु भएसँगै यस नाकाबाट निर्यातमा संलग्न ब्यबसायीहरु पनि खुसि भएका छन् । तर यस नाकाबाट मानिसको आवतजावत भने तत्काल नहुने बताईएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *