बुद्ध एयरका अध्यक्ष बस्नेतको निधन
- पुस १०, २०७९
- 0
बुद्ध एयरका अध्यक्ष सुरेन्द्र बहादुर बस्नेतको निधन भएको छ । बस्नेतको आइतबार बिहान ९३ वर्षको उमेरमा उनको निधन भएको हो ।
भोजपुरको दिंगलास्थित साल्मामा जन्मिएका बस्नेतले भारतको बनारसबाट एमएलएलबीसम्मको अध्ययन गरेका थिए । उनले नेपाल सरकारको विभिन्न उच्च ओहोदामा रहेर नेतृत्वदायी भूमिका निभाएका थिए ।
‘हामीले एक असल अभिभावक गुमाए पनि उहाँले देखाउनुभएको बाटोलाई सधैँ अनुशरण गरी अगाडि बढ्नेछौँ’, बुद्ध एयरद्वारा जारी शोक वक्तव्यमा भनिएको छ, ‘हाम्रा अभिभावकप्रति हार्दिक श्रद्धासुमन ।’
बस्नेतका २ छोरा र १ छोरी रहेका छन् । जेठा छोरा वीरेन्द्रबहादुर बस्नेतले बुद्ध एयरका प्रवन्ध निर्देशक समेत हुन् ।
0 प्रतिक्रिया
पक्षघात उपचारका लागि दुर्लभ र महँगो औषधी निःशुल्क उपलब्ध हुने
स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलले नेपालमा दुर्लभ पक्षघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधी निःशुल्क उपलब्ध गराउने निर्णय गरेका छन् । […]
शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक र उन्नत बनाउन सरकार प्रयासरत छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक र उन्नत बनाउन सरकार प्रयासरत रहेको बताएका छन् । पोखरा […]
कोपमा भएको कमजोरी मन्त्रीले स्वीकारे
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विश्व जलवायु सम्मेलन (कोप २९) मा भएका कमजोरीलाई सुधार गर्ने र राम्रा पक्षहरुलाई अझै […]
कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र एमालेबीच कुनै समस्या रहेको बताएका छ्न । बिहीबार आफ्नै निवास बुढानीलकण्ठमा बसेको कांग्रेस […]
न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काको सुनुवाइ सुरु
न्याय परिषद् सदस्यमा प्रस्तावित दामोदर खड्काको संसदीय सुनुवाइ सुरु भएको छ । बिहीबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले खड्काविरुद्ध […]