पोखरामा निर्मित अन्तर्राष्ट्रिय विमानस्थलमा आज डेमो उडान हुने

news-details

गण्डकी प्रदेशको राजधानी पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार प्रदर्शनी अर्थात डेमो उडान हुने भएको छ ।

यो विमानस्थलमा बिहीबार यति एयरलाइन्सले बिहान १० बजे र बुद्ध एयरले दिउँसो २ बजे डेमो उडान गर्न लागेका हुन् ।

दुवै कम्पनीका जहाज पोखरास्थित पुरानो विमानस्थलबाट उडेर नयाँ विमानस्थलमा अवतरण गर्ने बताईएको छ ।

नवनिर्मित विमानस्थलमा अंग्रेजी नयाँ वर्ष सन् २०२३ को जनवरी १ तारिखबाट आन्तरिक उडान हुँदैछ । त्यसैको तयारीका लागि आज डेमो उडान गर्न लागिएको हो ।

आन्तरिक उडानपछि यो विमानस्थलबाट अन्तराष्ट्रिय उडान पनि हुनेछन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *