‘व्यावसायिक आइडिया भए लगानीको समस्या छैन’ : वरिष्ठ उपाध्यक्ष ढकाल

news-details

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले व्यावसायिक आइडिया भए लगानीको समस्या नरहेको बताएका छन ।

शनिबार बुटवलमा आयोजित युवा व्यवसायी समिटलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले व्यवसाय गर्ने आइडिया भए लगानीका लागि लगानीकर्ता तथा बैंकहरू उपलब्ध हुने बताए ।

‘यदि तपाईंसँग आइडिया छ, तपाईं आमजनताको लागि काम गर्नुहुन्छ र इमानदारीसाथ काम गर्नुहुन्छ भने तपाईलाई लगानीको समस्या हुँदैन । बैंक तथा वित्तीय सस्थाहरु र लगानीकर्ताहरु तपाईलाई लगानी गर्न तयार हुन्छन् । अहिले भलै बैकमा तरलताको समस्या देखिएको छ । तर मलाई लाग्छ यो समस्या लामो रहदैन । बिस्तारै सहज हुँदै जान्छ,’ उनले बताए ।

मूल्यवृद्धि र बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावका कारण मुलुकको अर्थतन्त्रमा परेको समस्याले व्यवसाय र व्यवसायीहरु मारमा परेको उनले बताए ।

अहिले निजी क्षेत्रले उठाएको एजेण्डाहरु निजीक्षेत्रको मात्र नभई समग्र अर्थतन्त्रको सुधारको लागि रहेको बताउँदै उनले निजीक्षेत्रका एजेण्डा भन्दै वेवास्ता गर्दै जाने हो भने यसको परिणाम सबै नेपालीले भोग्नुपर्ने बताए ।

उनले सरकारी संयन्त्रबिच एकआपसमा समन्वयको कमी रहेको यसको मार निजी क्षेत्रले खेप्नुपरेको बताए ।

रेमिट्यान्स, बैंकिङ तथा पर्यटन क्षेत्रको आफ्नो व्यवसायिक सफलताको उदाहरण दिँदै ढकालले राज्यको प्राथमिकता र आम जनताको सेवासँग जोडिएको कुनै पनि व्यवसाय सजिलै सफल हुने बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *