आयल निगमले घटायो इन्धनको मूल्य, पेट्रोल-डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर ३ रुपियाँ कमि
- पुस १, २०७९
- 0

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३–३ रुपियाँ घटाएको हो ।
मूल्य घटेसँगै पेट्रोलको प्रतिलिटर मूल्य १७८, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १७५ पर्नेछ । निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।
यसअघि भारतीय आयल कर्पोरेसन ९आईओसी०ले पटकपटक मूल्य घटेको सूची पठाए पनि मूल्य समायोजन नगरेको निगमले शुक्रबार भने तीन रुपियाँ घटाएको हो। निगमले विज्ञप्ति सार्वजनिक गर्दै घटेको मूल्य शुक्रबार राति १२ बजेदेखि लागू हुने जनाएको छ।
0 प्रतिक्रिया
माओवादी अध्यक्ष प्रचण्ड रूकुमपूर्वमा

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान टोलीले रूकुम पूर्वको भूमे गाउँपालिकामा सञ्चालित मारिन बहुउद्देश्यीय सहकारी […]
वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जनालाई काठमाडौँका विभिन्न स्थानबाट नेपाल प्रहरीले पक्राउ गरेको छ । […]
कतारले उपहार दिएको बोइङ–७४७ विमान अमेरिकाले स्वीकार गर्यो

अमेरिकाले कतारबाट उपहारस्वरूप पाएको बोइङ ७४७ विमान स्वीकार गरेको छ । अमेरिकाको रक्षा मन्त्रलय पेन्टागनका प्रमुख प्रवक्ता सीन पार्नेलले बुधबार […]
कृषि क्षेत्रको विकासमार्फत अर्थतन्त्रलाई मजबुत बनाउन प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री सिंह

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले कृषि क्षेत्रको विकासमार्फत प्रादेशिक अर्थतन्त्रलाई मजबुत बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको धारणा राखेका छन् । […]
तीन निर्माण कम्पनी परे कालोसूचीमा

तीन वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरू कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमनको कार्यालयले सूचना जारी गरी विभिन्न निकायहरुको सिफारिसमा […]