नाफिजमा ढकालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित

news-details

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)मा नयाँ कार्यसमिति चयन भएको छ ।

बिहीबार सम्पन्न १३औँ वार्षिकोत्सव तथा छैठौँ महासभाबाट नाफिजमा मोदनाथ ढकालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । १३ सदस्यीय कार्यसमितिमा महासभाले सात पदाधिकारी र चार सदस्य निर्वाचित गरेको छ । कार्यसमितिले बाँकी दुई सदस्यको मनोनयन गर्नेछ ।

महासभामा निर्वाचन प्रक्रियाद्वारा नयाँ नेतृत्वसहितको कार्यसमिति चयन गरिएको हो । यसअनुसार नाफिजको अध्यक्षमा दि राइजिङ नेपालका मोदनाथ ढकाल निर्वाचित भए ।

यस्तै, उपाध्यक्षमा नोटबजारका परमेश्वर अधिकारी र हाम्रो अर्थकी मेनुका कार्की निर्वाचित भएका छन् ।

यसैगरी, महासचिवमा अनलाइनखबरका नविन ढुंगाना, सचिवमा नेपालखबरका दीपक भट्ट र कोषाध्यक्षमा सिंहदरबारकी दिलु कार्की निर्विरोध निर्वाचित भए ।

यस्तै, सदस्यहरूमा रातोपाटीका निकेश खत्री, अनलाइनखबरका विजय पराजुली, सेतोपाटीकी सबिना कार्की र नेपाल प्रेसका राजाराम न्यौपाने विजयी भए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *