बैंकर्स संघको सदस्यमा कोइराला र दे दोहोरिने
- मंसिर २५, २०७९
- 0

नेपाल बैंकर्स संघको कार्यसमिति सदस्यमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइराला र नेपाल एसबीआई बैंकका सीइओ दिपककुमार दे दोहोरिने भएका छन् । संघको मंसिर २६ गते बस्ने साधारणसभाले कोइराला र देलाई पुनः कार्यसमिति सदस्यमा दोहोर्याउने तयारी गरेको हो ।
वर्तमान कार्यसमितिमा रहेका कोइराला र देको कार्यकाल सकिँदैछ । यस्तै मेगा बैंकले अनुपमा खुञ्जेलीको कार्यकाल नदोहोर्याएपछि रिक्त रहन पुगेको अर्को सदस्य पदमा एभरेष्ट बैंकका सीईओ सुदेश खालिङलाई ल्याउने भएको छ । खालिङ यसअघि पनि संघको कार्यकारी सदस्य थिए ।
९ सदस्यीय कार्यसमिति रहेको बैंकर्स संघको अध्यक्षमा कृषि विकास बैंकका सीईओ अनिलकुमार उपाध्याय रहेका छन् भने उपाध्यक्षमा एनएमबि बैंकका सीईओ सुनील केसी छन् । संघको निवर्तमान अध्यक्ष नबिल बैंकका सीईओ ज्ञानेन्द्रप्रसाद ढुंगाना रहेका छन् ।