नेपाल बैंक लिमिटेडले आफ्नो ८६ औं वार्षिकोत्सवको अवसरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

‘‘रक्तदान जीवनदान’’ ‘‘नियमित रक्तदान स्वस्थ्य हुनुको पहिचान’’ भन्ने स्लोगनलाई आत्मसात् गर्दै गत सोमबार नेपाल बैंक लिमिटेडको केन्द्रिय कार्यालयको प्रांगणमा सम्पन्न भएको कार्यक्रममा लायन्सका विभिन्न चारवटा क्लबहरुको समेत सहभागिता रहेको थियो । जसअन्तर्गत लायन्स क्लब अफ काठमाडौं बैंकर, लायन्स क्लब अफ काठमाडौं रक्तदाता, लायन्स क्लब अफ काठमाडौं सामाखुशी र लायन्स क्लब अफ काठमाडौं जुपिटर रहेका थिए ।

वार्षिकोत्सवको अवसरमा नेपाल बैंक लिमिटेडद्धारा रक्तदान कार्यक्रम आयोजना
आफू नेपाल बैंक लिमिटेडमा आएदेखि निरन्तर रुपमा वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम गर्दै आएको बताउँदै नेपाल बैंक लिमिटेडका प्रमुख सुन्दर पन्थीले कुनै एक व्यक्तिको रगतले तीनजना व्यक्तिको ज्यान जोगाउन सकिने भएको हुनाले हरेक वर्ष यस्तो सामाजिक काम बैंकले गर्दै आएको जानकारी दिए ।
अहिले डेंगु लगायतका विभिन्न भाइरल रोगहरुका कारण रगत अभाव भइरहेको अवस्थामा मानव जीवन जोगाउनका लागि अन्य कार्यक्रमहरुका अलावा पनि रक्तदान कार्यक्रम गर्न उनले सबै संघ संस्थाहरुलाई आग्रह गरे ।
वार्षिकोत्सवको अवसरमा नेपाल बैंक लिमिटेडद्धारा रक्तदान कार्यक्रम आयोजना
त्यस्तै कार्यक्रममा नेपाल बैंक लिमिटेडका डेपुटी मेनेजर मुकुन्द वाग्लेले नेपाल बैंक लिमिटेडले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गर्दै आईरहेको बताउँदै कोरोनाको समयमा पनि थुप्रै रक्तदानको कार्यक्रम गर्न सफल भएको र अहिले डेंगुको संक्रमण बढीरहेको अवस्थालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम आयोजना गरेको जानकारी दिए ।
वार्षिकोत्सवको अवसरमा नेपाल बैंक लिमिटेडद्धारा रक्तदान कार्यक्रम आयोजना
कार्यक्रममा नेपाल स्वयंमसेवी रक्तदाता समाजका अध्यक्ष तथा लायन्स क्लब अफ काठमाडौं रक्तदाताका चार्टर प्रेसिडेन्ट केदारप्रसाद न्यौपानेले अहिले डेंगु संक्रमणको अवस्थामा नेपाल बैंक लिमिटेडले लायन्स क्लबहरुसँग सहकार्य गरी वृहत् रक्तदान कार्यक्रम गरेकोमा खुशी व्यक्त गर्दै समाजमा हुने रक्तअभावलाई पूर्ति गर्नका लागि सबैले यस्ता कार्यक्रम आयोजना गर्न आवश्यक रहेको बताए ।
वार्षिकोत्सवको अवसरमा नेपाल बैंक लिमिटेडद्धारा रक्तदान कार्यक्रम आयोजना
त्यस्तै कार्यक्रममा १०५ पिन्ट रगत संकलन भएको अध्यक्ष न्यौपानेले रोजगारमञ्च डट कम लाई जानकारी दिए ।
वार्षिकोत्सवको अवसरमा नेपाल बैंक लिमिटेडद्धारा रक्तदान कार्यक्रम आयोजना
विगत लामो समयदेखि आफ्नो वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम गर्दै आएको नेपाल बैंक लिमिटेडले यस वर्ष पनि भव्यताका साथ रक्तदान कार्यक्रम सु–सम्पन्न गरेको छ । साथै आगामी दिनहरुमा पनि यस कार्यक्रमलाई निरन्तरता दिने नेपाल बैंक लिमिटेडका प्रमुख पन्थीले जानकारी दिए ।
वार्षिकोत्सवको अवसरमा नेपाल बैंक लिमिटेडद्धारा रक्तदान कार्यक्रम आयोजना