ब्रोकर लाइसेन्सका लागि ४५ कम्पनीको आवेदन

news-details

नयाँ ब्रोकर लाइसेन्सका लागि ४५ कम्पनीले आवेदन दिएका छन् । त्यसमध्ये ११ वटा वाणिज्य बैंकका सहायक कम्पनी छन् ।

नेपाल धितोपत्र बोर्डले २ असोजमा इच्छुक कम्पनीलाई आवेदन दिन माग गरेको थियो । यसरी आवेदन दिने बैंकमा हिमालयन बैंक, एनआइसी एसिया बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, एनएमबी बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, सानिमा बैंक, सनराइज बैंक र सेन्चुरी कमर्सियल बैंक रहेका छन् ।

नियमावलीअनुसार सेयर किनबेचको काम मात्र गर्ने ब्रोकरका लागि चुक्ता पुँजी २० करोड हुनुपर्ने व्यवस्था छ । आवेनद परेकामध्ये २० करोड चुक्ता पुँजी भएका कम्पनी ४१ वटा रहेका छन् । मार्जिन कारोबार गर्ने, लगानी परामर्शको सेवा दिने, लगानी व्यवस्थापन गरिदिने र निक्षेप सदस्य (डिपी)को काम गर्ने ब्रोकरको चुक्ता पुँजी ६० करोड रुपैयाँ तोकिएको छ ।

जसमा सेन्चुरी सेक्युरिटिज, हिमालयन सेक्युरिटिज र मेगा स्टकमार्केट्स रहेका छन् । त्यस्तै, आफ्ना लागिसमेत सेयर किनबेच गर्ने, सेयर प्रत्याभूतिकर्ताका रूपमा काम गर्ने र योग्य संस्थागत लगानीकर्ताका रूपमा काम गर्नेको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ तोकिएको छ । यसमा नबिल सेक्युरिटिजको एकल आवेदन परेको छ ।

सेयर किनबेच गर्ने, सेयर प्रत्याभूतिकर्ताका रूपमा काम गर्ने र योग्य संस्थागत लगानीकर्ताका रूपमा काम गर्ने गरी अनुमति मागेको छ । म्याद सकिएको ३५ दिनभित्र लाइसेन्स वितरण गरिन्छ ।

मापदण्ड पुगेका सबैले लाइसेन्स पाउने नेपाल धितोपत्र बोर्डका प्रवक्ता अम्बिका गिरीले जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *