पानीको खुद्रा मूल्य तोकियो, प्रति बोतल १६ रुपैयाँ र जारको ४७ रुपैयाँ भन्दा बढी लिन नपाइने

news-details

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पानीको खुद्रा मूल्य तोकेको छ ।

विभागले तोेकेको मूल्य अनुसार उपत्यकामा प्रति लिटर बोतलको पानीको अधिकतम मूल्य १६ रुपैयाँ र २० लिटरको जारको पानीको अधिकतम् मूल्य ४७ रुपैयाँ भन्दा बढी लिन पाइने छैन ।

संसदको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता समितिले गठन गरेको बजार अुनगमन उपसमितिको अध्ययन प्रतिवेदनका आधारमा विभागले पानीको खुद्रा मूल्य तोकेको हो ।

पानी व्यावसायीले भने बोतलको पानीको २० देखि ३० रुपैयाँसम्म असुल गर्दै आएका छन् भने जारको पानीमा ५० देखि ६० रुपैँया असुल गर्दै आएका छन् । उपत्यका बाहिर एक लिटर वोतलको २० रुपैयाँ र २० लिटर जारको अधिकतम् ६० रुपैयाँ मूल्य तोकिएको छ ।

विभागले पानी उत्पादक तथा वितरकहरुलाई विभागमै डाकेर तोकिएको मूल्य भन्दा बढी लिए कारबाही गर्ने चेतावनी समेत दिएको छ । यस्तै, २० लिटरको जारको सट्टा १९ लिटरको जार प्रयोग गर्ने गरेको पाइएको भन्दै विभागले त्यसमा पनि सचेत गराएको छ ।

साथै पानीको गुणस्तर, जारको गुणस्तर, मूल्य तथा मात्रा दुरुस्त भए नभएको विषयमा बजार अनुगमन गर्ने समेत विभागले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *