राष्ट्रिय वाणिज्य बैंकको पिओएस र क्यूआर कारोबारमा क्यास ब्याक अफर

news-details

राष्ट्रिय वाणिज्य बैक लिमिटेडले आउँदो दशै, तिहार, नेपाल सम्वत् एवं छठ लगायतका पर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न Point of Sale (POS)को माध्यमबाट प्रति कारोबार रु १ हजार वा सो भन्दा बढीको Card Swipe गर्दा क्यास ब्याक हुने अफर ल्याएको छ ।

आगामी २०७९ असोज १० गते देखि २०७९ कार्तिक १३ गतेसम्म लागू हुने यस योजनामा छ । देशभर विभिन्न व्यवसायहरुमा रहेको पिओएसको माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट राष्ट्रिय वाणिज्य बैंककै पिओएस मेसिन प्रयोग गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यास ब्याक हुने बेंकले जनाएको छ ।

यस अन्तर्गत ३ देखी ५ पटकको कार्ड स्वीपमा ५% अधिकतम क्यास ब्याक वा रु.५००।–, ६ देखी १० पटकको कार्ड स्वीपमा १०% अधिकतम क्यास ब्याक वा रु.७५०।–, ११ देखी १५ पटकको कार्ड स्वीपमा १५% अधिकतम क्यास ब्याक वा रु.१,०००।– मध्ये जुन कम हुन्छ सो वराबरको रकम क्यास ब्याक बैंकmे जनाएको छ ।

यसैगरी, आगामी २०७९ असोज ७ देखि १४ गतेसम्म र २०७९ कार्तिक २ देखि ६ गतेसम्म राष्ट्रिय वाणिज्य बैंकको मोवाईल बैंकिङ्ग प्रयोग गरी क्यूआर स्क्यान गरी भुक्तानी गर्दा कुल कारोबार रकमको १०% वा रु.१००।– जुन कम हुन्छ सोही रकम क्यास ब्याक हुने छ ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २६२ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *