नेपाली युवाले बनाए गाँजाबाट क्यान्सर रोगको औषधि

news-details

विगत लामो समयदेखि देश तथा विदेशमा गाँजा सम्बन्धि अध्ययन तथा अनुसन्धान गरिरहेका एक युवाले गाँजाबाट क्यान्सर रोगको औषधि उत्पादन गरी बजारमा ल्याएका छन् ।
कम्प्लिट सप्लायर्स प्रा।लिका प्रमुख कार्यकारी निर्देशक पवनराज जोशीले भर्खरै गाँजाबाट क्यान्सर रोगको औषधि निर्माण गरि बजारमा ल्याएका हुन् ।

गाँजा भन्ने बित्तिकै सेवन गर्ने मात्र नभई यसबाट बहुउपयोगी बस्तुहरु पनि बनाउन सकिन्छ भनेर जोशीले दावा ग्रीन गोल्डको नामबाट गाँजाका लत्ताकपडा तथा कस्मेटिकका सामानहरु निर्माण गरि दरवारमार्गस्थित शाक्य आर्केडको ‘दावा ग्रीन गोल्ड’ शोरुममा बिक्रि वितरण गर्दै आइरहेका छन् ।

गाँजा प्रयोगको बैधानिक अनुमति लिएर जोशीले पनि नेपालमा नै पहिलोपटक गाँजाबाट क्यान्सरको औषधि तयार पारेका हुन् ।
कुनै पनि केमिकल मिश्रण नगरी विशुद्ध गाँजाको फुलबाट तयार भएको यस औषधिको सेवनले डाइबेटिज, अल्जाईमर, हाइ ब्लड प्रेसर र अन्य धेरै प्रकारका रोगहरुलाई समेत निर्मुल पार्ने जोशीको भनाई छ ।

संसारभरमा गाँजाबाटै क्यान्सरको औषधि बनाउँने भएको हुनाले हरेक क्यान्सर पिडित बिरामीले सस्तो मुल्यमा राम्रो औषधि सेवन गर्न पाउन् भन्ने उद्देश्यका साथ औषधि निर्माण गरेको जोशीको दावी छ ।
क्यान्सरको सेललाई मार्दै जाने र अरु सेलको निर्माण यसै औषधिले गर्ने भएकाले यो औषधिको सेवनले धेरै बिरामीहरुको रोग निदान भईसकेको जानकारी जोशी दिन्छन् ।

आफूले देश तथा विदेशमा धेरै अध्ययन गरेर औषधि तयार गरेको हुनाले कुनै साइड इफेक्ट नहुने र क्यान्सर निर्मुल नभएर पैसा फिर्ता नै गरिदिने दावी गर्दै जोशीले क्यान्सर रोगका लागि संसारकै बेस्ट ट्रिटमेन्ट भएको समेत जिकिर गरे ।
विश्वमै धेरै माग भएको निन्द्रासम्बन्धि रोगको औषधि गाँजाबाटै उत्पादन भएको र विश्वभर अन्य थुप्रै औषधिहरु पनि गाँजाबाट बनिरहेको अवस्थामा नेपालमा पनि दावा ग्रीन गोल्डले गाँजाबाट क्यान्सरको औषधि तयार गरेर नयाँ आयम थपेको छ । यसको महत्व सबैले बुझेर प्रयोग गर्न सकेमा धेरै प्रकारका रोग निदान हुने दावी विश्वभर गरिएको छ ।

पछिल्लो समय प्रतिबन्धित लागूऔषध गाँजाको औषधीय गुण र आर्थिक सम्भावना चिनेर विकसित मुलुकहरुले प्रतिबन्ध फुकुवा गरी आर्थिक लाभ लिइरहदाँ नेपालमा पनि गाँजाको प्रतिवन्ध खुल्ला गर्न र यसको बहुउपयोगी प्रोडक्टको लाभ चर्को आवाज उठिरहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *