ई–सेवा मनी ट्रान्सफरको अफर : डिजिटल माध्यमबाट पैसा पठाउँदा घर जित्ने मौका
- अशोज ७, २०७९
- 0

विश्वका २०० भन्दा बढी देशबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको रेमिट्यान्स कम्पनी ई–सेवा मनी ट्रान्सफरले रेमिट्यान्स पठाउँदा लाग्ने शुल्क कम गर्दै थप रेमिट्यान्स भित्र्याएर देशलाई समुन्नत बनाउन ‘मेरो डिजिटल देश’ अभियान ल्याएको छ ।
एफ वन सफ्ट टावर पुल्चोकस्थित आफ्नै मुख्य कार्यालयमा सम्पन्न प्रेस कन्फेरेन्स मार्फत इसेवा मनी ट्रान्सफरले यस अभियानको सार्वजनिक गरेको हो । यो अभियान असोज ७ बाट सुरु भएर फागुन ६ सम्म जारी रहने कम्पनीले जनाएको छ ।
परम्परागत शैलीमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई डिजिटाइजेसन गर्ने अभिप्रायका साथ यो अभियान सुरु गरिएको र यस योजना मार्फत डिजिटल रेमिट्यान्सलाई थप बढावा दिन देशको आर्थिकस्थिति बलियो बनाउन र देशमा विदेशी मुद्राको सञ्चितलाई थप मजबुत बनाउनका लागि पनि ६ महिने यस योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।