नयाँ स्टक ब्रोकरका लागि धितोपत्र बोर्डले खुलायो दरखास्त
- अशोज २, २०७९
- 0

नेपाल धितोपत्र बोर्डले नयाँ स्टक ब्रोकरका लागि प्रस्ताव आह्वान गरेको छ ।
बोर्डले आज आइतबार सार्वजनिक सूचना निकाल्दै ३० दिनभित्र प्रस्ताव पेश गर्न भनेको हो ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ र सो अन्तर्गत बनेका नियम तथा प्रचलित कानुनको अधिनमा रही धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको रूपमा धितोपत्र व्यवसाय गर्न इच्छुक, धितोपत्र सम्बन्धी ऐन तथा नियमावली बमोजिम योग्यता पुगेका संस्थाले अनुमतिपत्रका लागि आवेदन दिन पाउने छन् ।
निवेदन पेस गर्दा निवेदकको नाम, ठेगाना स्पष्ट खुल्ने गरी नेपाल धितोपत्र बोर्डलाई सम्बोधन गरी धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली, २०६४ मा उल्लेखित कागजात तथा विवरणहरू पेस गर्नु पर्ने पनि सूचनामा उल्लेख छ ।
0 प्रतिक्रिया
रवि लामिछानेको रिट आज पनि हेर्दाहेर्दैमा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज पनि हेर्दाहेर्दैमा रहेको छ । न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण […]
बजेट वक्तव्यका लागि सुझाव लिंदै अर्थमन्त्री

अर्थ मन्त्रालय आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यको तयारीमा जुटेको छ । विभिन्न क्षेत्रहरुबाट प्राप्त सुझावहरुलाई समेत ध्यानमा राखेर अर्थ […]
एक साता पछि पहिरो प्रभावितलाई प्रदेश सरकारको राहत

सुर्खेत । पहिरो गएको एक सातापछि कर्णाली प्रदेश सरकारले प्रभावितलाई राहत सामाग्री पठाएको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको […]
युनेस्को प्रमुख याको डु टुइट र मन्त्री पाण्डेबीच भेटवार्ता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डे र नेपालका लागि युनेस्कोका प्रमुख तथा आवासीय प्रतिनिधि याको डु टुइटबीच लुम्बिनीसम्बन्धी […]
यी हुन् मंगलबार बसेको मन्त्रीपरिषद बैठकका ९ वटा निर्णय

सरकारले आर्थिक सुधार कार्यान्वयन कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको छ । मंगलबारको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले […]