आजबाट खुल्यो तातोपानी र रसुवागढी नाका

news-details

चीन तर्फका तातोपानी र रसुवागढी नाका सञ्चालनमा आएका छन् । दुवै नाका डेढ महिनादेखि बन्द थिए ।

रसुवागढी नाका भएर बिहीबार बिहान सात वटा कन्टेनर नेपाल भित्रीएकाे छ भने तातोपानी नाकाबाट दुई वटा कन्टेनर नेपाली भूमिमा प्रवेश गरेकाे छ ।

आज बिहान सात वटा चिनियाँ गाडीले सामान नेपाल तर्फ ल्याए सँगै नाका सञ्चालनमा आएको रसुवा भन्सार प्रमुख रामप्रसाद मैनालीले बताए । दैनिक १४ वटा चिनियाँ गाडीले आज सामान ल्याउने बताए पनि भोलि बाट थप २४ वटा गाडी पठाउने चिनियाँ पक्षले बताएको छ ।

रसुवागढीमा सामान लोड अनलोड गर्ने, सवारी चालक तथा सुरक्षा निकाय, भन्सार कर्मचारी सँगै अन्य ब्यत्तीहरुले कोभिड १९ को स्वास्थ्य सम्बन्धि सुरक्षाको सम्पूण मापदण्डमा रहि काम गर्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी नबराज जैसीले बताए ।

यता तातोपानी नाकाबाट कति कन्टेनर दैनिक नेपाल भित्रिन्छन् भन्ने स्पष्ट जानकारी नआएकाे भन्सार कार्यालयले जनाएको छ ।

नेपाल र चीनबीच स्थलमार्ग भएर व्यापार हुने रसुवागढी नाकाबाट कोरोनाका कारण कोटा प्रणालीमा माल वस्तु आयात हुँदै आएको छ भने लामो समय देखि निर्यातसँगै मानिसहरुको आवत जावत ठप्प छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *