गाँजाबाट बनेका आकर्षक सामाग्री दरवारमार्गको ‘दावा ग्रीन गोल्ड’ मा
- भदौ २२, २०७९
- 0
गाँजा भन्ने बित्तिकै अवैधानिक भनेर नतर्सिनु होला । खाने गाँजा मात्र हुँदैन । त्यही गाँजाबाट आकर्षक कपडा तथा बहुउपयोगी कस्मेटिकका सामाग्रीहरु उत्पादन हुन्छन् । हो, काठमाडौंको दरवारमार्गस्थित शाक्य आर्केडमा रहेको ‘दावा ग्रीन गोल्डमा’ गाँजाबाट बनेका आकर्षक लत्ताकपडा तथा कस्मेटिकका सामानहरु पाइन्छ ।
‘गाँजाको खेती धनको वर्षा’ भन्ने मुल मन्त्रका साथ गाँजा सम्बन्धि अध्ययन गर्दै आईरहेका व्यवसायी क्याप्टेन पवनराज जोशीले गाँजाबाट बनेका आकर्षक सामाग्री बिक्रि बितरण गरिरहेका छन् ।
सन् २०११ बाट गाँजा सम्बन्धि अध्ययन गरिरहेका कम्प्लिट सप्लायर्स प्रा.लिका प्रमुख कार्यकारी निर्देशक जोशीले नेपालमा पहिलो पटक दरवारमार्गस्थित शाक्य आर्केडमा ‘दावा ग्रीन गोल्ड’ शोरुम संचालनमा ल्याएका हुन् ।
नेपालमा गाँजा अवैधानिक भएतापनि यसको सही सदुपयोग गर्दै लत्ताकपडा तथा कस्मेटिकका सामानहरु निर्माण गरी बिक्रि बितरण गर्न सकिन्छ भनेर जोशीले उदाहरण प्रस्तुत गरेका छन् ।
झट्ट सुन्दा गाँजाबाट बनेका कपडा तथा प्रडक्टहरु कस्ता होलान् भन्ने सबैलाई लाग्ला तर एकदमै आकर्षक र फाईदाजनक हुने भएको हुनाले गाँजाबाट बनेका सामाग्रीहरु अहिले सबैको आकर्षक बन्न पुगेको छ ।
नेपाली उत्पादन नेपालमै लगानी गरेर शुद्ध गाँजाबाट बनेका प्रडक्टहरुलाई विश्वबजारमा चिनाउने लक्ष्य व्यवसायी जोशीले लिएका छन् ।
संचालक जोशी अमेरिका जाने आउने क्रममा त्यहाँ गाँजाका फ्याक्ट्री संचालकहरुसँग परिचित भएको र गाँजासम्बन्धि धेरै सिक्ने मौका पाएर नेपालमा पनि केहि गर्छु भनेर व्यवसायमा लागेको जानकारी दिए ।
नेपाल सरकारबाट गाँजाका प्रडक्टहरु बेच्नका लागि इजाजत लिएर व्यवसाय गरिहेका जोशीले सन् २०१८ बाट नेपालमै उत्पादन सुरु गरेतापनि विभिन्न बाधा व्यवधानका कारण सन् २०२० बाट आफ्ना प्रडक्टहरुलाई बजारमा ल्याएको बताउछन् ।
गाँजाबाट बनेका प्रडक्टहरु एकदमै फाईदाजनक र उपयोगी हुने बताइन्छ । संचालक जोशी गाँजाका कपडा प्रयोग गर्दा अल्ट्राभाइलेज रेज देखि लिएर, कार्बन, प्रेसरलाई तापक्रम मिलाउन सहयोग गर्ने र यसका कस्मेटिकका प्रडक्टहरुले पनि कुनै साइड इफेक्ट नगर्नेे र शतप्रतिशत नेचुरल हुने भएकाले सबैलाई एकपल्ट प्रयोग गर्न आग्रह गर्छन् ।
गाँजा कलियुगको अमृत भएको दावी गर्ने जोशी गाँजा खानेभन्दा पनि नखाने मान्छेहरु कुलतमा फसेको बताउँदै गाँजा नेपालमा वैधानिक भएमा वर्षेनि नेपालमा ५ खर्ब राजश्व संकलन हुने सक्ने भएकाले नेपाल सरकारले जतिसक्दो चाँडो गाँजालाई बैधानिक बनाउन पहल गर्नुपर्ने जोशीको भनाई छ ।
आगामी दिनमा पनि गाँजाबाट अन्य थुप्रै प्रडक्टहरु निर्माण गर्दै जाने बताउने जोशी आफ्नो प्रडक्टलाई विदेशमा समेत निर्यात गर्ने तयारी रहेको बताउँदै गाँजाबाट बनेका प्रडक्टहरु एकदमै सस्तो र फाईदाजनक हुने भएकाले एकपल्ट सबैले दरवारमार्गको शाक्य आर्केडमा आएर हेर्न र मनपरे लिन समेत संचालक जोशीको आग्रह छ ।

पछिल्लो समय प्रतिबन्धित लागूऔषध गाँजाको औषधीय गुण र आर्थिक सम्भावना चिनेर विकसित मुलुकहरुले प्रतिबन्ध फुकुवा गरी आर्थिक लाभ लिइरहदाँ नेपालमा पनि गाँजाको प्रतिवन्ध खुल्ला गर्नका लागि आवाज उठिरहेका छन् ।















