रेमिट टु नेपालको ‘दशैं तिहार तथा छठ उपहार योजना’ सार्वजनिक

news-details

रेमिट टु नेपालले नेपालीहरुको महान चाड २०७९ सालको दशैँ, तिहार र छठलाई लक्षित गरि उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीले ६३ दिन सम्म चल्ने “चाड पर्वको बहार सुन चाँदी र नगद उपहार” उपहार योजना सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार रेमिट टु नेपालको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक हप्ता १ जनालाई १० ग्राम चाँदी साथै अन्त्यमा एक जना बम्पर बिजेतालाई १० ग्राम सुन उपहार प्रदान गरिने छ । साथै यस योजना अबधि भर उत्कृष्ट कारोबार गर्ने १६ सहकारी तथा निजि सब–एजेन्टलाई सुन, चाँदी र नगद उपहार प्रदान गरिने कम्पनीले जानकारी गराएको छ ।

“चाडपर्वको बहार सुन चाँदी र नगद उपहार” उपहार योजना भदौ १५ गते देखि कार्तिक १५ गते सम्म लागू हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो अवधिभर रेमिट टु नेपाल मार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुन पाउने छन् । यस उपहारको विजेता छनौट गर्दा विधुतीय प्रणालीद्वारा गरिने र यो योजना रेमिट टु नेपालमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु नहुने कम्पनीले प्रष्ट पारेको छ ।

विश्वका विभिन्न मुलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्राउँदै आएको रेमिट टु नेपालले पछिल्लो समय आफ्नो सेवा विस्तार संगै ग्राहक तथा साझेदारहरु को सेवा सुबिधालाई पनि प्राथमिकतामा राखेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *