काठमाडौं/  नेपाली होटल व्यवसायी संघमा भर्खरै निर्वाचित भई आएका नयाँ कार्यसमितिहरुको पदभार तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

गत भाद्र ४ गते सम्पन्न २० औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशनबाट सर्वसम्मत चयन भएका नवनिर्वाचित अध्यक्ष गणेश ढकाललाई एक औपचारिक कार्यक्रमकाबीच कार्यसमितिलाई संघका निवर्तमान अध्यक्ष उमेश सुवेदीले पदभार हस्तान्तरण गरेका हुन् ।

नेपाली होटल व्यवसायी संघको पदभार तथा सपथ ग्रहण सम्पन्न

काठमाडौं महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष खेम तिवारीको प्रमुख आथित्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा वडाध्यक्ष खेम तिवारीले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए ।

अघिल्लो कार्यसमितिले पुरा गर्न नसकेका कामहरुलाई पुरा गर्दै संघमा भएका विकृती, बिसंगतिहरुलाई जरैदेखि हटाई व्यवसायीको हकहितमा काम गर्न नवनिर्वाचित कार्यसमितिलाई आग्रह गर्दै वडाध्यक्ष तिवारीले संघमा भएका सम्पुर्ण समस्याहरुलाई समाधान गर्न वडा सधैं प्रतिवद्ध रहने समेत विश्वास दिलाए ।

नेपाली होटल व्यवसायी संघको पदभार तथा सपथ ग्रहण सम्पन्न

संघका निवर्तमान अध्यक्ष उमेश सुवेदीले आफ्नो कार्यकालमा कोभिडका कारण व्यवसायीहरुले धेरै समस्याहरु भोग्नुपरेको र आफूले धेरै काम गर्न नसके पनि ५० प्रतिशत घरभाडा घटाउँन सफल भएको बताए ।

भावी दिनहरुमा पनि संघलाई निरन्तर साथ र सहयोग गर्ने वाचा गर्दै निवर्तमान अध्यक्ष सुवेदीले नयाँ कार्यसमितिले आगामी दिनमा विभिन्न संघसस्थाहरुसँग सहकार्य गर्दै होटल व्यवसायीहरुका क्षेत्रमा भएका विकृति र विसंगतीलाई हटाउँदै जान आग्रह गरे ।

नेपाली होटल व्यवसायी संघको पदभार तथा सपथ ग्रहण सम्पन्न

कार्यक्रममा बोल्दै संघका नवनिर्वाचित अध्यक्ष गणेश ढकालले केहि गलत प्रवृत्तिका व्यवसायीका कारण सम्पुर्ण व्यवसायीहरु बदनाम हुनुपरेको र आफ्नो कार्यकालमा व्यवसायीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नका लागि निरन्तर लागिपर्ने प्रतिवद्धता जनाउँदैै त्यस्ता व्यवसायीलाई संघले कारवाहीको दायरामा ल्याउने जानकारी दिए ।

कानुनले बन्देज गरेका कुराहरु कसैले गरेमा संघले कुनै पनि हालतमा सहयोग नगर्ने बताउँदै अध्यक्ष ढकालले व्यवसायीहरुले आफ्नो परिधिमा रहेर व्यवसाय गरेमा जस्तोसुकै परिस्थितिमा पनि सहयोग गर्ने वाचा गरे ।

नेपाली होटल व्यवसायी संघको पदभार तथा सपथ ग्रहण सम्पन्न