नेपाली होटल व्यवसायी संघले चुन्यो सर्वसम्मत नेतृत्व, अध्यक्षमा गणेश ढकाल चयन
- रोजगारमञ्च
- भदौ ४, २०७९
- 0
काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा व्यवसाय गर्ने होटल व्यवसायीहरुको साझा संस्था नेपाली होटल व्यवसायी संघको २० औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशनले गणेश ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
काठमाडौको बसुन्धाराको दियालो पार्टी प्यालेसमा आज (शनिबार) सम्पन्न संघको अधिवेशनले ढकालको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति सर्वसम्मतीले चयन गरेको हो ।
अधिवेशनले प्रथम उपाध्यक्षमा काजी बहादुर कटुवाल, द्धितीय उपाध्यक्षमा प्रकाश राई, महासचिवमा समदेन लामा (दिपक), सचिवमा चन्द्र बहादुर गोदार (थापा), कोषाध्यक्षमा इन्द्र प्रसाद ढकाल र सहकोषाध्यक्षमा दुर्गा थापा चयन गरेको छ ।
यस्तै सदस्यहरुमा शेर बहादुर विष्ट, पुष्पराज तामाङ, शेर बहादुर कार्की (प्रकाश), अम्बर विकाश रिजाल, याम बहादुर राना, जयलाल श्रेष्ठ, प्रेम बहादुर सिंजाली, देवराज घिमिरे, शोभाखर न्यौपाने, लिलाबल्लभ पराजुली र भुपराज दाहाल चयन गरेको छ ।
नवनिर्वाचित अध्यक्ष ढकालले व्यवसायीहरुको हक, हितको रक्षाका साथै यस क्षेत्रमा रहेका समस्या समाधानमा आफु प्रतिवद्ध भएर लाग्ने बताएका छन । उनले कोभिडपछि यो व्यवसायको क्षेत्र धेरै नै धरासायी बनेको भन्दै व्यवसायी तथा व्यवसाय बचाउनका लागि अबको कार्यसमिति दत्तचित्त भएर लाग्ने प्रतिवद्धता गरे ।
सर्वसम्मत नेतृत्व चयनले व्यवसायीक एकताको सन्देश दिन सफल भएको भन्दै नवनिर्वाचित अध्यक्ष ढकालले अबको कार्यसमिति आम व्यवसायीहरुकै भावना अनुसार चल्ने बताए । उनले यस क्षेत्रको समस्या समाधानका लागि सरोकारित निकाय तथा सरकारको ध्यानाकर्षण गराउने प्रतिवद्धतासमेत व्यक्त गरे ।
ढकालले यसअघि दुई कार्यकाल सफलतापूर्वक महासचिवको जिम्मेवारी निभाइसकेका छन ।
२०५७ साल स्थापना भएको यस संस्थाले स्थापनाकालदेखि नै होटल व्यवसायीहरुको हकहितको रक्षा तथा व्यवसायलाई मर्यादित बनाउदै यस क्षेत्रमा रहेका समस्या समाधानका लागि आफूलाई प्रतिवद्ध बनाउदै आइरहेको छ ।