कोभिड संक्रमण बढेको भन्दै चीनले बन्द गर्यो तातोपानी र रसुवागढी नाका
- साउन २६, २०७९
- 0

तिब्बतमा कोभिड संक्रमण दर बढेको भन्दै चीनलले तातोपानी र रसुवागढी नाका बन्द गरेको छ । रसुवागढी नाका गत शनिबारबाट र तातोपानी नाका बुधबारदेखि बन्द भएसँगै सो नाकाबाट चिनियाँ सामान आयात हुन पाएको छैन् ।
तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख नारद गौतमले बुधबारदेखि चीनबाट सामान आयात नभएको जानकारी दिए । तिब्बतमा कोभिड संक्रमण दर बढेको भनिए पनि अब कहिले खुल्नेबारे केही जानकारी नआएको उनले बताए ।
यता रसुवाको रसुवागढी नाका पनि बन्द भएको रसुवागढी भन्सार प्रशासक डा रामप्रसाद मैनालीले बताए । नाका भएर शनिबारदेखि मालसामान आयात नभएको उनको भनाइ छ । ‘तिब्बततर्फ लकडाउन भएको अपुष्ट जानकारी आएको छ । शनिबारदेखि रसुवागढी नाका ठप्प छ,’ मैनालीले भने, ‘तर हामीलाई कुनै पनि औपचारिक जानकारी दिइएको छैन ।’
0 प्रतिक्रिया
रवि लामिछानेलाई थुनामुक्त गर्न सर्वोच्च अदालतद्वारा अस्वीकार (पूर्णपाठसहित)

राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । सर्वोच्च उनलाई पुर्पक्षका लागि थुनामा राख्ने […]
सुर्खेत विमानस्थल मर्मतको काम सकियो, शनिबारदेखि सुचारु हुने

रनवेमा खाल्डो परेपछि मंगलबार देखि बन्द सुर्खेत विमानस्थल शनिबारदेखि नियमित सुचारु हुने भएको छ । विमानस्थलको रनवेमा खाल्डो परेपछि मर्मतका […]
पूर्वराजाको कुण्डली मात्रै हेरेर हुँदैन, जनताको कुण्डली हेर्नुपर्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको हक, अधिकार र मुलुकको स्वाधिताको रक्षा गर्दै सबै प्रकारको प्रतिगमनका […]
गभर्नर डा.पौडेललाई चेम्बरको सुझाव

नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेललाई सफल कार्यकालकका लागि बधाई एवं शुभकामना व्यक्त गरेको छ । चेम्बरका […]
शिक्षा ऐन र निजामती ऐन ल्याउन कांग्रेस दृढ छ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षा ऐन र निजामती ऐन ल्याउने कुरामा नेपाली कांग्रेस दृढ रहेको बताएका छन् । नेपाली […]