नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर तथा अर्थविद् डा. चिरञ्जिवी नेपालले कोभिडपछि नेपालको अर्थतन्त्र अलि अप्ठ्यारो स्थितिमा पुगेको बताउँदै व्यवसायीहरुले क्षणिकरुपमा अलिकति असहज भयो भनेर सरकारलाई गाली गर्नेभन्दा पनि आफैले संयमता अपनाउनु पर्ने सुझाव दिएका छन् ।

राष्ट्रिय व्यापार संघद्धारा लतिपुरको कुपण्डोलस्थित एट्मोस्पेयर रेष्ट्रो एण्ड इभेन्टमा आयोजित ‘कर नीति, मौद्रिक नीति तथा वर्तमान आर्थिक अवस्था’ विषयक कार्यक्रममा बोल्दै पूर्वगर्भनर डा. नेपालले उक्त कुरा बताएका हुन । मौद्रिक नीतिको मुख्य उद्देश्य मुल्य वृद्धि रोक्ने र सरकारले लिएको आर्थिक नीतिलाई अगाडि बढाउने भएको भन्दै पूर्व गर्भनर डा. नेपालले अहिलेको जटिल परिस्थितिमा मौद्रिक नीतिले व्यापारी, व्यवसायीहरुलाई राहत नदिने बताए ।

कार्यक्रममा बोल्दै करदाता सेवा कार्यालय न्यूरोडका प्रमुख बिनोद लामिछानले अबको दिनमा राजश्वको मुल आधार भ्याट मात्र नभई आन्तरिक स्रोत पनि हो भन्ने बुझन सबै व्यवसायीहरुलाई आग्रह गरे । अहिलेको परिस्थितिमा बिलासी बस्तुको आयात घटाउनुपर्नेमा जोड दिदै लामिछानेले लक्जरियस सामान किन्नुपरे डलरमै किन्न सबैलाई सुझाव दिए ।

‘सरकारलाई गाली गर्नेभन्दा पनि संयमता अपनाउनु जरुरी छ’-पूर्वगभर्नर डा. नेपाल

संघको कार्यक्रममै आई व्यवसायीहरुलाई अर्थ व्यवस्थाको बारेमा प्रकाश पारिदिएकोमा पूर्व गर्भनर डा नेपाललाई धन्यवाद दिदै संघका अध्यक्ष सरोजकुमार श्रेष्ठले विभिन्न संस्थाहरुबीच परिचयात्मक सौहार्दता आदानप्रदान गर्न र एकआपसमा अन्तर्मनदेखि नै परिचित हुनको लागि कार्यक्रम आयोजना गरेको जानकारी दिए । अध्यक्ष श्रेष्ठले व्यवसायीहरुका विविध समस्याहरु रहेका र त्यसमा सरकारको चाँडोभन्दा चाँडो ध्यानाकर्षण हुनुपर्नेमा जोड दिए ।

‘सरकारलाई गाली गर्नेभन्दा पनि संयमता अपनाउनु जरुरी छ’-पूर्वगभर्नर डा. नेपाल

कार्यक्रममा संघका उपाध्यक्ष रामचन्द्र पराजुलीले विगत लामो समयदेखि उत्तरी नाकाबाट सामान आयात गर्दै आएका व्यवसायीहरुले नाका असहजताका कारण चर्को भाडा तिरेर दक्षिणी नाकाबाट सामान आयात गर्नुपरेकोले यो समस्या समाधानका लागि संघ निरन्तर लागिपरेको बताए । सरकारले प्रकाशन गरेको मौद्रिक नीतिले ब्याजमा वृद्धि भएको र साना व्यवसायीहरुलाई व्यवसाय गर्न एकदमै जटिल भएको स्पष्ट पार्दै उपाध्यक्ष पराजुलीले एलसीबाट सामान ल्याउदाँ मार्जिन नीति सरकारले राखेकाले व्यवसायीलाई बढी आर्थिक भार थपिएको र त्यसलाई कम गर्नको लागि सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्ने बताए ।

‘सरकारलाई गाली गर्नेभन्दा पनि संयमता अपनाउनु जरुरी छ’-पूर्वगभर्नर डा. नेपाल

 

त्यस्तै कार्यक्रममा संघका महासचिव बैकुण्ठ दाहालले राज्यले व्यवसायीहरुबाट धेरैवटा शिर्षकमा कर लिनुभन्दा पनि १–२ वटा शिर्षकमा कर लिन आग्रह गरे । कर तिरे अनुसार व्यवसायीलाई राज्यले लाभ भने नदिएको बताउँदै महासचिव दाहालले व्यापारी व्यवसायीहरुको पनि राज्यप्रति दायित्व भएकाले राज्यबाट पाउने सेवा सुविधा व्यवसायीहरुलाई पनि प्रदान गर्न सरकार समक्ष आग्रह गरे । अहिलेको मौद्रिक नीतिले सम्पुर्ण व्यवसायीहरुलाई मार परेको छ, यसका लागि बेलैमा राज्यको ध्यान जान जरुरी रहेको महासचिव दाहालको भनाई छ ।