७७ वटै जिल्लामा पुग्यो ग्लोबल आइएमई बैंक

news-details

ग्लोबल आइएमई बैंकले कर्णाली प्रदेशको डोल्पा जिल्ला ठुलीभेरी नगरपालिका ३, दुनै बजारमा २८९ औं नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ।

डोल्पाको दुनैमा नयाँ शाखा स्थापनासँगै ग्लोबल आइएमई बैंक नेपालको ७७ जिल्लामा शाखा कार्यालय स्थापना गर्ने निजी क्षेत्रको पहिलो बैंक बनेको छ।

बैंकले ७७ जिल्लामा २८९ शाखा, २६२ एटिएम, २७५ शाखा रहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८७५ भन्दा बढि सेवा केन्द्रबाट २८ लाखभन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ।

त्यसैगरी, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानेडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याइरहेको छ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *