भारी वर्षाले हवाइ उडान प्रभावित

news-details

मौसमको प्रतिकुलताका कारण देशका विभिन्न स्थानमा हवाइ सेवा प्रभावित भएको छ। रातिदेखि वर्षा भइरहँदा हवाइ उडान र अवतरणमा समस्या भएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुुसार पोखरा, भैरहवा, सुर्खेत, भद्रपुर, तुम्लिङटार विमानस्थलमा उडान अवतरण हुन सकिरहेको छैन। विराटनगर र धनगढी विमानस्थल केहीबेरअघि देखि सञ्चालनमा आएका छन्।

अरु विमानस्थलमा उडान भइरहेको छ । काठमाडौंमा उडान र अवतरणको समस्या नरहेको विमानस्थल कार्यालयले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागले अहिले देशभर मनसुन सक्रिय भएको र तीन दिन देशका विभिन्न स्थानमा भारी वर्षा हुनसक्ने भएकाले विशेष सतर्कता अपनाउन अपिल गरेको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *