भारी वर्षाले हवाइ उडान प्रभावित
- असार १४, २०७९
- 0

मौसमको प्रतिकुलताका कारण देशका विभिन्न स्थानमा हवाइ सेवा प्रभावित भएको छ। रातिदेखि वर्षा भइरहँदा हवाइ उडान र अवतरणमा समस्या भएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुुसार पोखरा, भैरहवा, सुर्खेत, भद्रपुर, तुम्लिङटार विमानस्थलमा उडान अवतरण हुन सकिरहेको छैन। विराटनगर र धनगढी विमानस्थल केहीबेरअघि देखि सञ्चालनमा आएका छन्।
अरु विमानस्थलमा उडान भइरहेको छ । काठमाडौंमा उडान र अवतरणको समस्या नरहेको विमानस्थल कार्यालयले जनाएको छ।
जल तथा मौसम विज्ञान विभागले अहिले देशभर मनसुन सक्रिय भएको र तीन दिन देशका विभिन्न स्थानमा भारी वर्षा हुनसक्ने भएकाले विशेष सतर्कता अपनाउन अपिल गरेको छ।
0 प्रतिक्रिया
नवनियुक्त ऊर्जा राज्यमन्त्री गर्बुजाले लिए शपथ

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री निवास […]
कार र मोटरसाइकल ठोक्किदा बाबुछोरीको मृत्यु

रौतहटको चन्द्रपुरमा कार र मोटरसाइकल एकआपस ठोक्किदा बाबुछोरी गरि दुई जनाको मृत्यु भएको छ । आइतबार बिहान पूर्वपश्चिम लोकमार्ग अन्तर्गत […]
भण्डारी सेवा समाजले काठमाडौमा मनायो आफ्नो १६ औं साधारणसभा

भण्डारी सेवा समाज नेपालले आफ्नो १६ औ बार्षिक साधरणसभा काठमाडौमा मनाएको छ । कुल घर र मुल घर जोड्नको निम्ति […]
एनआरएनए निर्वाचनबाट डराए आकांक्षीहरु, श्रेष्ठको नेतृत्वमा निर्विरोध नयाँ कार्यसमिति चयन

गैरआवासीय नेपाली संघ ९एनआरएनए० उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशनबाट जापानका महेश श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । […]
राष्ट्रिय सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आइतबार दिउँसो सवा १२ बजे राष्ट्रिय सभा बैठक बस्दैछ। […]