अपर अरुण आयोजनामा चलखेलको गन्ध आयो : राजेन्द्र गौतम, प्रतिनिधिसभा सदस्य

news-details

नेकपा एमाले स्थाई समिति सदस्य तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतमले संखुवासभास्थित अपर अरुण आयोजनामा चलखेलको गन्ध आएको बताएका छन । आईतबार संसदमा अपर अरुण जलबिद्युत आयोजनाको बिषयमा बोल्दै उनले पछिल्लो समय यो आयोजना ब्यापारि र बिदेशीलाई सुम्पने त हैन भन्ने जनतामा ठुलो त्रास फैलीएको पनि बताए ।

अपर अरुणको सयर गर्ने क्रममा दिनकै पाँचवटा भन्दा बढी हेलिकप्टर लिएर अर्थमन्त्री जर्नादन शर्माको नेतृत्वमा हवाई र स्थलगत निरीक्षणको प्रकृयाले बिवाद उत्पन्न गराउने र अपर अरुण बेच्न र देशका सम्पूर्ण नदिनाला भारतलाई सुम्पने खेल त भई रहेको छैन भन्ने जनतामा ठुलो त्रास फैलीएको उनको भनाई छ । ‘संखुवासभास्थित अरुण तेस्रो आयोजना ल्याउने र नल्याउनेहरुको बिचको मतान्तरले जसरी २५ बर्ष सम्म संखुवासभामात्र हैन, देश नै पछाडी प¥यो । त्यसैले यसको पनि अरुण तेस्रोको जस्तै नियति हुने त हैन ?’ उनले प्रश्न गरे ।

उनले अपर अरुण जलबिद्युतको निर्माण र बिकासमा संखुवासभाली र नेपाली जनताको सहभागिता, स्वामित्व र अपनत्व कायम हुने गरी आन्तरिक पूँजीबजारको माध्यमबाट निर्माण गर्न जोडदार माग पनि गरे । उनले प्रत्येक जिल्लाबासीलाई, प्रदेश–१ र नेपाली नागरिकको लगानीमा आयोजना बनाउनु पर्ने बताए । उनले यसलाई व्यापारिको हातमा सुम्पने, व्यापारिकरण गर्ने, चलखेल भएको भन्दै आर्थिक रुपले बिपन्न जनताले शेयर हाल्ने बातावरण बनाउनु र शेयरमा समानुपातिक बितरण गर्न पनि माग गरे ।

जलबिद्युत बिकासमा शेयर लगानी गर्न सरकारले बाटो खोल्दीनु पर्ने उनको माग थियो । अपर अरुण आयोजना नेपालको पानी जनताकोलागनी अर्थात जनताको जलबिद्युत कार्यक्रम अन्र्तगत बन्नु पर्नेमा उनले जोड दिए । सरकारले यो आयोजना कुन मोडालिटीमा बनाउन चाहेको छ रु हालको अवस्था के छ रु यथार्थ जानकारी दिन पनि उनले सरकारसंग माग गरे ।

उनले परम्परागत उर्जाको स्रोतलाई स्वच्छ कीफायती तथा आधुनकि उर्जाले प्रतिश्थापनगर्नु, उर्जा सुरक्षा तथा उर्जा दक्षताका लागि मिश्रीत उर्जा प्रणालीको नीति अवलम्बन गर्नु, उर्जाको पहुँच नपुगेका बास्तवीक लक्षीत वर्ग र क्षेत्रमा पुहुँच पु¥याउनु पर्ने पनि बताए । उनले नेपालको पानी जनताको लगानी भन्ने सरकारको अभियानलाई स्थानीय स्तरमा निर्माण हुने ठूला जलबिद्युत आयोजनामा जनताको लगानी सुनिश्चित गरीनु पर्ने बताए । जनतालाई नै मालिक बनाउने जनसहभागितामा आधारित लगानी अभिबृद्धि गर्न स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकारको संयुक्त लगानी नीति अख्तियार गर्न पनि उनले माग गरे ।

स्थानीय र गरिबीको रेखा मुनि रहेका परिवारलाई बिद्युतको उपयोगमा सहुलयत दिनुपर्ने उनको धारणा छ । गौतमले घर–घरमा बिुजुली र जन–जनमा शेयरको नीति अवलम्बन गर्नु पर्नेमा जोड दिए । जनता र सरकारको संयुक्त लगानी अभिवृद्धि र प्रवद्धन गर्न स्वदेश तथा प्रवासमा रहेका नेपाली नागरिक तथा गैह्र आवसीय नेपालीहरुलाई ४९ प्रतिशत शेयर खरिद गर्न पाउनु पर्ने व्यवस्था मिलाउन उनको आग्रह छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *