पेट्रोलियम पदार्थको मूल्य घटेसँगै घट्यो सवारी भाडा, कुन रुटमा कति ? (सूचीसहित)

news-details

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पनि घटाएको छ। विभागले आज आइतबारदेखि नै लागू हुने गरी यात्रुवाहक सवारीसाधनको भाडा ५ दशमलव ४१ प्रतिशतले घटाएको हो ।

पहाडी बाटोमा संचालन हुने मालवाहक सवारी ६ दशमलव ७९ प्रतिशत र तराईको बाटोमा संचालन हुने मालवाहक सवारीको ७ दशमलव ६८ प्रतिशत भाडा घटेको छ।

नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलमा क्रमशस् प्रतिलिटर २० र २९ रुपैयाँ घटाएसँगै स्वचालित रुपमा सवारीसाधनको भाडा पनि घटेको हो।

नयाँ मूल्यअनुसार अब पेट्रोल १७९ रुपैयाँ लिटर र डिजेल १६३ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ।

यस्तो छ नयाँ भाडादर 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *