बाह्रबिसे भन्दा माथिको बाटो जतिसक्दो चाँडो सुधार हुनुपर्छ – अशोक श्रेष्ठ

news-details

बर्षायाम शुरु भएपछि नेपालका स्थलगत बाटोहरु बाढि तथा पहिरोका कारण अवरुद्ध हुने गर्दछन् । सडक अवरुद्ध हुने वित्तिकै सबैको टाउको दुखाई बन्छ नै, त्यसमा पनि पनि सबैभन्दा बढि मार व्यवसायीहरुलाई पर्छ । अझ विदेशी मुलुकबाट सामान ल्याउने व्यवसायीहरुलाई बर्षा शुरु हुने वित्तिकै चिन्ताले छोप्न थालिहाल्छ । त्यही भएर नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोक कुमार श्रेष्ठले उत्तरी तातोपानी नाका सम्मको सडक अवस्थाको स्थलगत अनुगमन गर्नुभएको छ ।

चाइनाबाट सामान आयात गर्ने नेपालको सबैभन्दा छोटो नाका तातोपानी नाका भएतापनि त्यहाँको भौगोलिक अवस्था एकदमै जटिल भएका कारण सामान आयात गर्न एकदमै कठिनाई हुने गरेको छ ।
वर्षायाम सुरुभएसँगै प्राकतिक जटिलताका कारण बाटो अवरुद्ध हुँदा व्यवसायीहरुले चर्कोे भाडा तिरेर भारतको सामुन्द्रिक बाटो हुँदै सामान आयात गर्नुपरेको अवस्था छ ।
बाटोको अनुगमनमा निस्किनु भएका अध्यक्ष श्रेष्ठले बाटो दिनप्रतिदिन भासिदै गईरहेको र बाटो भन्दा माथिरहेको बस्ती पनि उच्च जोखिमा रहेकाले बाह्रबिसे भन्दा माथिको बाटो जतिसक्दो चाँडो सुधार गर्न सरकार समक्ष आग्रह गर्नुभयो ।सरकारले खासै चासो नदिएको कारण ४–५ सय घरधुरी उच्च जोखिममा रहेको बताउँदै स्थानीय काजी श्रेष्ठले जतिसक्दो चाँडो सरकारको ध्यान केन्द्रित गर्न आग्रह गर्नुभयो ।।।। ।
बर्खालागे सँगै बाटोमा जोखिम बढेको बताउँदै स्थानीय बिलु श्रेष्ठले जोखिम न्यूनिकरणमा सरकारले चाँडो भन्दा चाँडो काम गर्नु पर्ने बताउनुभयो ।
संघका अध्यक्ष श्रेष्ठले सडकसँगै तातोपानी नाकाको अवस्थाका बारेमा पनि अनुगमन गर्नुभएको छ ।


नाका सहज रुपमा सुचारु नहँुदा त्यहाका हजारौ व्यापारी व्यवसायीहरु रोजगारको अभावका कारण विदेश पलायन हुनुपरेको बताउँदै अध्यक्ष श्रेष्ठले नाका सहज रुपमा सुचारु गर्न चाइना र नेपाल सरकार समक्ष आग्रह गर्नुभयो ।
स्थानीय काजी श्रेष्ठ नाका सहजरुपमा नचल्दा त्यहाका सबै बासिन्दा हरुलाई आर्थिकरुपमा मार्का परेको र पलायन हुनु पर्ने अवस्था आएको बताउनु हुन्छ ।।।।
उत्तरी तातोपानी नाका चाइनासँगको सबैभन्दा छोटो नाका भएतापनि विभिन्न समस्याहरुले गर्दा दिनप्रतिदिन जटिल बन्दै गईरहेको छ । सहजरुपमा सामान आयात नहुँदा त्यसको प्रत्यक्ष भार नेपाली उपभोक्तालाई परिरहेको छ । त्यसैले सरकारले नाकाका समस्या समाधानसहित सडकको स्तर उन्नतिमा तत्काल कदम चाल्न ढिला गर्नै हुुन्न ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *