बुधबारदेखि नियमित उडान स्थगित गर्ने वायुसेवा सञ्चालक संघको निर्णय
- असार ७, २०७९
- 0
वायुसेवा सञ्चालक संघले बुधबारदेखि आपतकालीन उद्धारलगायत नियमित उडानहरु स्थगित गर्ने निर्णय गरेको छ ।
मङ्गलबार संघले पत्रकार सम्मेलनमार्फ आफ्नो ५ बुँदे माग नागरिक उड्डयन प्राधिकरणले पूरा नगरे बुधबारदेखि उद्धारलगायत नियमित उडान स्थगित गर्ने निर्णय गरेको हो ।
विमानस्थल सेवा शुल्क नियमावली, २०७८ मा यात्रु सेवा शुल्क ल्याण्डिङ, पार्किङ्ग, नेभिगेशनलगायत सम्पूर्ण शुल्क वृद्धि फिर्ता लिई पूर्ववत् कायम गर्नुपर्ने माग संघको छ ।
यसगरी, विमानस्थलमा हेलिकोप्टर सञ्चालनका लागि दीर्घकालीन हेलिप्याड, मर्मतसम्भारका लागि ह्याङ्गर लगायतका भौतिक पूर्वाधारका लागि स्थान उपलब्ध गराउनुपर्ने लगायत पाँचबुँदे माग संघले राखेको छ ।
0 प्रतिक्रिया
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]
मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक आज अपराह्न ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ। २ असोज, काठमाडौं । मन्त्रिपरिषद्को बैठक […]











