पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी : पेट्रोलको २१ र डिजल–मट्टीतेलमा २७ रुपैयाँ मूल्य बढयो

news-details

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी गरेको छ ।

निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो । बढेको मूल्य आज राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ ।

यससँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ ।भने डिजेल र मट्टीतेलको १९२ रुपैयाँ भएको छ ।

निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । हवाई इन्धनको बाह्यतर्फ भने १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ ।

खाना पकाउने ग्याँसको मूल्य भने यसपटक नबढाइएको नेपाल आयल निगमले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *