राष्ट्रिय व्यापार संघद्धारा नवनिर्वाचित जनप्रतिनिधिहरुको बधाई तथा सम्मान

news-details

“आपसी सहयोग, सामुहिक हित, सामाजिक एवम् आर्थिक समृद्धिका साझेदार” भन्ने मुल मन्त्रसहित स्थापना भएको साना तथा मझौला व्यवसायीहरुको साझा संस्था राष्ट्रिय व्यापार संघले काठमाडों महानगरपालिका वडा नं २२ र वडा नं २४ बाट निर्वाचित भएका जनप्रतिनिधिहरुलाई बधाई, स्वागत एवम् सम्मान गरेको छ ।

काठमाडौं महानगरपालिका वडा नं २२ का नवनिर्वाचित वडाध्यक्ष चिनीकाजी महर्जनसहितको कार्यसमिति र वडा नं २४ का वडाध्यक्ष बिनोदकुमार राजभण्डारीसहितको कार्यसमितिलाई एक औपचारिक कार्यक्रम नै आयोजना गरी सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै का.म.न.पा. वडा नं. २२ का अध्यक्ष चिनकाजी महर्जनले राष्ट्रिय व्यापार संघले गरेको सम्मानले थप जिम्मेवारी बढेको बताउँदै व्यवसायीहरुका समस्याहरुमा सँगसँगै हातेमाले गरि अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । व्यवसायीहरुले पनि आफ्नो जिम्मेवारी र दायित्वबोध गरि काम गरेमा मात्र समस्याहरुको समाधान गर्न अझ सहज हुने वडाध्यक्ष महर्जनले बताए ।

वडामा वर्षेनि १२ करोड भन्दामाथि राजश्व संकलन हुने र त्यसबाट वडाको बृहत्तर विकासमा खर्च हुने भएकाले व्यवसायीहरुका समस्या र कठिनाईहरुका बारेमा समय समयमा आफूलाई जानकारी गराउन वडाध्यक्ष महर्जनले व्यवसायीहरुलाई आश्वस्त गराए ।

त्यस्तै वडा नं २४ का नवनिर्वाचित अध्यक्ष विनोदकुमार राजभण्डारीले संस्थाले गरेको सम्मानप्रति आभार प्रकट गर्दै लगानीको सुरक्षा गर्दै व्यवसायीहरुसँगै हातेमालो गरि समस्याको समाधान गर्ने जानकारी दिए ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष सरोजकुमार क्षेष्ठले व्यवसायीहरुको समस्याहरु विविध रहेको र त्यसमा जनप्रतिनिधिहरुको ध्यान जानेमा विस्वस्त रहेको बताए । न्यूरोड क्षेत्रमा व्यवसायी र घरबेटीबीच भाडा, बिजुली, ढल तथा इन्टरनेटको तारलगायतको समस्या रहेको भन्दै उक्त समस्या समाधानका लागि स्थानीय सरकारलाई आग्रह गरे ।

राष्ट्रिय व्यापार संघले वडासँग समन्वय र सहकार्य गरेर समस्याहरुको समाधान गर्न चाहेको बताउँदै अध्यक्ष श्रेष्ठले त्यसको लागि सर्वस्वीकार्य खाका तयार गरि अघि बढ्नका लागि जनप्रतिनिधिहरु समक्ष आग्रह गरे ।

त्यस्तै संघका पुर्वअध्यक्ष नयन बहादुर पण्डित क्षेत्रीले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई दिदै २२ र २४ वडा राजधानीको मुटु भएकोले र सबैभन्दा धेरै आर्थिक कारोबार हुने भएकोले यस वडालाई सुन्दर सफा र वडामा भएका विविध समस्याहरुलाई समाधान गर्न जनप्रतिनिधिहरु समक्ष ध्यानाकार्षण गराए ।

संघका वरिष्ठ उपाध्यक्ष हेम खरेलले बैंकले एलसीका लागि नगद जम्मा गर्ने नियम लागू गर्दा मझौला व्यवसायी समस्यामा परेको बताउँदै यस्ता समस्याहरुको समाधानका लागि स्थानिय जनप्रतिनिधिहरु यस विषयमा पहल गरिदिन आग्रह गरे ।

बजारलाई सुन्दर र व्यवस्थित बनाउनका लागि बजारभित्र गल्लीको नामाङ्कन गरी ‘लोकेशन म्याप’ राख्नुपर्नेमा जोड दिदैं संघका महासचिव बैकुण्ठ दाहालले व्यवसायीका विविध समस्याहरुलाई जनप्रतिनिधिहरु समक्ष अवगत गराए ।

राष्ट्रिय व्यापार संघ विगत लामो समयदेखि व्यवसायीहरुका समस्याहरुलाई समाधान गर्नका लागि निरन्तररत लागिपरेको संस्था हो । संघले आगामी दिनहरुमा पनि व्यवसायीका हक हितमा लाग्दै जाने प्रतिबद्धता जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *